नुपेरा एजुकेशनद्धारा १० जना जेहेन्दार विधार्थीलाई छात्रवृति

समाचार

नुपेरा एजुकेशन फण्डद्धारा आयोजित कार्यक्रम सम्मन्न भएको छ ।

आमाछोदिङमो गाउँपालिका वडा नं ३ हिजो (बुधबार) सम्पन्न भएको नुपेरा एजुकेशन फण्डका अध्यक्ष रमेश लामाले बताए । सो कार्यक्रममा प्रमुख अतिथि आमाछोदिङमो गाउँपालिका अध्यक्ष बुचुङ तमाङ थिए भने बिशेष अतिथि मान बहादुर तमाङ रहेका थिए ।

जेहेन्दार १० जना विधार्थीहरुको लागि छात्रवृति प्रदान गरेर छ । आफुले हिजोको दिनमा पैसाको अभावले गर्दा सोचेको जस्तो शिक्षा लिन नसकको कारणले भोलीका दिनमा अरुहरुले पनि यस्तो समस्या भोग्न नपरोस भन्ने उदेश्यले मेरो आफ्नो आम्दानीको केहि प्रतिशत छुट्टाएर छात्रवृति प्रदान गरेको हुँ लामाले बताए । यो बर्ष छात्रबृति पाउने मध्य निकिता तमाङ, इनोस विक, मन मायाँ तमाङ, मन्जु तमाङ, शेर ब तमाङ, शंख ब तमाङ, फपू छोमो तमाङ, सानी तमाङ, सोनाम दोर्जे तमाङ, पेम्बा छिरिङ तमाङ रहेका छन् ।

अहिले नुपेर व्राण्डसँग ट्राभल एड टुर कम्पनी, होटेल एण्ड रेस्टुरेन्ट, रोयल्टी र क्लोथेज ब्राण्ड रहेको छ ।आज नुपेर व्राण्डको शाखा युएस, क्यानडा अस्टिे«लिया, युके, जमर्नी, स्वीजरल्याण्ड र फ्रान्ससम्म फैलिएको छ ।