तिलोत्तमाका मेयर र उपमेयर प्रचण्ड-नेपाल समूह छोडेर ओलीतिर

राजनीति समाचार

रुपन्देहीको तिलोत्तमा नगरपालिकाका मेयर र उपमेयर केपी शर्मा अ‍ोली नेतृत्वको नेकपामा लागेका छन् ।

यसअघि नेकपा नेता घनश्याम भुसालका अत्यन्तनिकट रहेका घिमिरे र चौधरी नेकपा विवादपछि प्रचण्ड-नेपाल समूहमा सक्रिय थिए। प्रचण्ड-नेपाल समूहका रुपन्देहीका विभिन्न कार्यक्रम समेत घिमिरेकै नेतृत्व र सक्रियतामा हुँदै आएका थिए। घिमिरे र चौधरीसगै तिलोत्तमाका अधिकांश कार्यपालिका सदस्यले आइतबार बिहान बैठक बसी उक्त समूह छोड्ने निर्णय गरेको एक सदस्यले बताए। घनश्याम भुसालको गृहनगरसमेत रहेको तिलोत्तमाका अधिकांश जनप्रतिनिधिले भुसालकै साथ छोडेपछि रुपन्देहीमा उक्त समूहमा व्यापक हलचल पैदा भएको छ।महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले आफुहरु साथमै रहेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।