गुड अटोमोबाइलको ४ औं बार्षिक साधारण सभा

समाचार

 
सरोज पोखरेल

दान आफैंमा महत्त्वपूर्ण हो । यसले मान्छेमा रहेको स्वार्थ त्यागको भावना प्रतिबिम्बित गर्छ । दान पनि धेरै किसिमका हुन सक्छन्  धनदान, अन्नदान, भूमिदान, नेत्रदान आदि । तर यी दानहरूभन्दा पनि अति उत्कृष्टतम् दान हो रक्तदान । कुनै स्वस्थ व्यक्तिले रोगले ग्रस्त भएर रगतको कमी हुन गई मरणासन्न अवस्थामा पुगेका रोगीको जीवनको लागि आफ्नो शरीरको रगत दिने कार्य नै वास्तविक अर्थमा रक्तदान हो । रक्तदान मानव स्वास्थ्यसँग सम्बन्धित अति विशिष्ट सामाजिक सेवा हो । एकजना व्यक्तिबाट दिइएको एक थोपा रगतले अर्को एकजना व्यक्तिको जीवन संरक्षण हुने हुनाले नै रक्तदानलाई जीवनदान पनि भनिएको हो । ‘रक्तदान जिवनदान’ को नारालाई सार्थक बनाउँदै गुड अटोमोबाइल र लायन्स क्लब अफ काठमाडौँ युनाइटेड द्वारा संयुक्त रूपमा आयोजित ुरक्तदानु कार्यक्रम सञ्चालन भएको छ । काठमाडौं को धुम्बाराही (पिपलबोट) मा कार्यक्रम भएको हो ।

गुड अटोमोबाइलको ४ औं बार्षिक साधारण सभाको रूपमा आयोजित रक्तदान कार्यक्रम सञ्चालन भएको छ । गुड अटोमोबाइल प्रा.लि ले रक्तदान कार्यक्रम हरेक वर्ष सञ्चालन गर्दै आइरहेको छ । गुड अटोमोबाइल प्रा.लि का प्रबन्ध निर्देशक निमा शेर्पा ले सेवा नै धर्म हो, भन्ने भावले मन्दिरमा गएर पुजा गर्दा मनलाई अनन्द तुल्याउँछ त्यसरी नै रगत दान गर्दा जीवन मरणको क्षणमा रगत मुत्युको मुखबाट एक जनाको व्यक्तिलाई बचाउन सकिन्छ भने त्यस्तो पुण्य कर्म ठूलो धर्म हो भन्दै रगत सबैजनाले दान गर्नुपर्नेमा जोड दिनुभयो । गुड अटोमोबाइल प्रा.लि का प्रबन्ध निर्देशक निमा शेर्पा ले जानकारी दिनुभयो ।
रक्तदान जस्तो महान् कार्य गरेकोमा प्रशांस व्यक्त गर्दै कसैले पनि रगतको अभावमा ज्यान गुमाउन नपरोस् भन्ने पवित्र उदेश्यले गरिएको रक्तदानले सहजता तुल्याउने विश्वास व्यक्त गर्नुभयो । रक्तदान गर्ने व्यक्तिलाई प्रशंसा पत्र प्रदान गरिएको निर्देशक निमा शेर्पाले बताउनुभयो ।