मूल पार्टी हाम्रै हो, अन्योलमा रहेकालाई कठैबरा भन्न सकिन्छः ओली

राजनीति

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा आफूहरुलाई आमसभा गर्न ठाउँ नभएको टिप्पणी गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षले काठमाडौंमा गरेको बृहत जनसभालाई सम्बोधन गर्दै त्यस्तो बताएका हुन् ।
सबैभन्दा ठूलो ठाउँ छान्दा पनि जनता बस्ने ठाउँ नभएको ओलीले बताए । मूल पार्टी कुन भन्ने अन्योलमा अझै कोही रहे कठैबरा भन्न सकिने जिकिर गरे । उनले आफ्नो समूह नै मूल पार्टी भएको बताए ।