रसुवाका खनालको दुवै मृगौला खराब, सहयोगको लागि अपिल

समाचार

रसुवा जिल्ला लहरेपौवा वडा नं ३ निबासी लेखनाथ खनाललाई बिगत केहि महिना देखि मृगौला सम्बन्धी समस्या देखिएछि हाल उनी टिचिङ अस्पतालमा छन् ।

हाल उपचारको क्रममा दुबै मृगौला खराब भएको चिकित्सकले प्रमाणित गरिसकेको र निजलाइ उपचार गराउन छिटोभन्दा छिटो मृगौला प्रत्यारोपण तत्काल गर्नु पर्ने छ तर आर्थिक अबस्था अत्यन्तै कमजोर भएकाले तत्काल मृगौला प्रत्यारोपण गर्न सम्भब देखिएको छैन । उनका नाबालक छोरा, छोरी र श्रीमती छन् । परिवारको लालनपालनको जिम्मेवारी त छ दै छ त्यसमा पनि दुवै मृगौलाले काम नगर्ने भएपछि झनै मारमा परेका छन् यति बेला खनाल ।

हालै उनी उपचारको क्रममा  टिचिङ अस्पतालमा बारम्बार श:शुल्क डायलासिस गरिरहेका छन् ।निजलाइ  डायनोसिस र औषधिको लागि रकम पनि जुटाउन एकदमै मुस्किल परेको पारिवारिक श्रोतले जनाएको छ । निजको उपचार प्रक्रिया र उनलाई थप नयाँ जीवन दिनको लागि सामाजिक र मानबिय सेवामा अग्रणी अभियान चलाउने सामाजिक अभियान, मातृभुमीका लागि युबा अभियानले निजको जीवन रक्षाको लागि सबै सरोकार वाला निकाय , सामाजिक संघ सस्था, राजनीतिक दल, पत्रकार र सञ्चार माध्यम हरु, समाजसेवि र मानव मनका पुजारी हरु लाई यो अभियान मार्फत हार गुहार गरिरहेको छ ।

खनालको जिबन रक्षाको लागि सहयोगी हातहरु बढाईदिन मातृभुमीका लागि युबा अभियान लागि परिरहेको छ । सम्पर्कका लागि मृगौला पिडित खनाललाइ बिज्ञान आचार्य :9861559754, शिव आचार्य : 9860586851, साबित्री खनाल : 9841161707, बाशु देब खनाल :9860659687 सम्पर्क गर्न सक्नुनुनेछ । तयस्तै मातृभुमीका लागि युबा अभियानको हिमालयन ब्याङ्कको 04406854180011 मा आर्थिक सहयोग उपलब्ध गराइदिइ जिबन रक्षाका लागि सहयोग गर्न सक्नुहुनेछ ।