म प्रधानमन्त्री कदम बिरुद्ध है!

लेख विचार
कुरा लामो छ तर सत्य लेखेको छु!!
प्रीय कमरेडहरु ,

नेपाली राजनितिको राणा शासन बिरुद्ध ,पन्चायत बिरुद्ध , २३८ बर्ष शाह बङ्शिय राजतन्त्र बिरुद्ध होस् तथा गणतन्त्र स्थापना गर्नको लागी नेपालको राजनितिमा सबैभन्दा अग्रपंक्तिमा कम्युनिस्ट पार्टीले जनसहभागिता आन्दोलन , दस बर्षे जनयुद्ध ,सर्बदलिय गणतन्त्र २०६२/६३ जन अन्दोलन ,आदिवासी जनजाति ,मधेसी र थरु लगायत सङियता सहितको आन्दोलनबाट करिब १० बर्ष लगाएर बनाएको नेपालको गणतन्त्र संविधानमा माथी हाम्रो पार्टीको तत्कालीन अध्यक्ष एवं प्रधानमन्त्री केपि शर्मा ओलिले सार्बभौमसत्ता संसदलाई विघटन गर्ने जस्तो कु कदम चलेर नेपाललाई फेरि राजनीति अस्थिरता र नेपालको सम्मृद्दी बिकासको बाटोलाई बिचल्लीमा पार्ने काम गरिएको छ , MCC जस्ता राष्ट्रघाती योजनालाई पास गर्ने निहुँमा अन्तारास्ट्रीय शक्तिकेन्द्र सङ्ग झुकेर कम्युनिस्ट पार्टीको बदनाम गरेका छन् ।यसको विरुद्ध अग्रपंक्तिमा रहेर मैले ढाटेर सामना गर्ने प्राण सहित आजबाट लाग्ने निर्णय गरेको छु । यस अभियानमा जोड्नका लागी सम्पुर्ण न्यायप्रेमी गणतन्त्रवादी रसुवाली जानता राजनितिक दल,नागरिक समाज , बुद्धिजीवी र सचेत बर्ग सबैमा हार्दिक अनुरोध गर्दछु।

आज हामी कम्युनिस्ट पार्टीको तत्कालीन एमाले र माओवादीको बाम गठबन्धन बनाएर नेपाली जनता र महान सहिदहरुको सपना सकार पर्ने र नेपाली जनतालाई सम्मृद्दसाली तथा समाजवाद बनाउने ५ बर्ष स्थायी सरकार बनाउने वचनबद्धता साथ मत मागेर सरकार बनाएकोमा जब दुई तिहाई बहुमत प्राप्त संघ र ६ वटा प्रदेश सरकार केपि ओलिको गुटबन्दी सरकार बनाएर , कम्युनिस्ट पार्टीको इतिहास आफू सरहको माहिला नेत्री पार्टीको नवौं महाधिवेशनमा उपाध्यक्ष निर्बाचित क.अस्टलक्ष्मी शाक्य जस्ता ब्यक्तिलाई दलको चुनावको नाममा ओझेलमा पारियो , यी त देख्ने पात्र मात्र हुन् तर अहिले पुर्ब एमाले एक हो भन्ने नारा दिएर फेरि झुट र उखानटुक्कको क्लब बनाउन पाइन्छ कि भनेर खेती गर्दैछन् , पुर्ब माओवादीको संसदको समर्थनमा बनेको प्रधानमन्त्री हो प्रधानमन्त्री बनाउदा माओवादी ठिक अहिले बेठीक लाग्यो भने राजीनामा दिएर मात्र गाली गर्न पाईन्छ यो राजनिती गद्दार हो ।संसदिय ब्यबस्थामा सहकर्य र सहमति अपरिहार्य हो कार्यकर्तालाई जोक्कर नबनाउदा राम्रो होला। तपाईको यो व्यबहार कम्युनिस्टका लागि अफिम सरह र दोस्रो स्टालिन हो। त्यसकारण तपाईको कदम सुध्रिनुस फेरि पार्टी एकता हुनेछ होइन भने इतिहासको कलङ्क र कालो टीका लाउने भयो , तपाईं १४ बर्ष झेल बसेको यस्तो कदमलाई होइन कमरेड ।देशभरका मार्क्सवाद र लेनिनवादका कम्युनिस्ट योद्धा कार्यकर्ता यो पक्षमा छैन तर अन्धोबक्त र अबसरवादीहरु हुन सक्लान , यस्तो समर्थन हिजो ज्ञानेन्द्र सङ्ग नि थिए ती अहिले कता हराए ।२ बर्ष अवधी अगाडि संविधानलाई कुल्चिने काम भएको सबैलाई अबगत नै छ। उहाँका गरेका गल्तिहरु:
१. हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टीको दुई तिहाई भन्दा बढी सचिवालय ,स्थायी कमिटी र केन्द्रीय कमिटिको बैठक छालेर स्वेच्छाचारी , निरङ्कुशता ,तानाशाहि तथा स्टालिन कम्युनिस्ट व्यबहार र कु कदम चलेर नेपालको भबिस्य नै अन्धकार बनाउने काम गरिएको छ,यसको सशक्त प्रतिरोधको विकल्प छैन ।
२. पार्टी एकताको मर्म बिवारित आफ्नो गुटको मात्र पक्षपोषण गर्ने , मन्त्रीपरिषद ,राजनितिक नियुक्ति , बजेट योजना पार्टीमा छलफल नगरी परम्परागत तरिकाले ल्याउने ,पार्टीको बैठक छलफल र पटक पटक पार्टीले गरेको निर्णय र आदेशको अवज्ञा गरेको लगायतले पार्टी भित्र समस्या आयो , यसको हाल गर्ने निकाय पार्टी कमिटिलाई छोडेर गुटबन्दी स्वार्थिबन्दिहरुको सल्लाहमा निर्णय गर्ने बानिले यो अवस्था आएको छ। स्पष्ट भन्नुपर्दा ४५ जना संबैधानिक नियुक्तिमा शेर बहादुर देउवाको भागमा १३ जना र प्रधानन्यायाधीश चोलेन्द्र शम्शेरको नाममा ७-८ जना नियुक्त दिएर कम्युनिस्ट पार्टीको बदनाम गरेका छन् ।
३.हिजोको राजनिती स्थिरताले नै बिकास र देश शान्त भएन भन्ने शिक्षाले दुई पतकको निर्बाचन बाट बनाएको संविधानमा प्रधानमन्त्री ले कतै पनि प्रक्रिया बेगर विघटन गर्न नपाउने बिधिलाई कुल्चेर छलछम र कु दृश्यले विघटन गरियो , संविधान, बिधान र ब्यबस्था रहेता देश रहन्छ र चुनाव होला र बिकास होला नत्र दोस्रो सिरिया हुन बेर छैन ।
४. मैले कतै निर्बाचन आयोग र सर्बोच्च अदालत ले कदम सच्चिए हामी फेरि पार्टी एकता होला भनेर महिनौं दिन तटस्थ बस्ने निर्णय गरे तर आफ्नो अनुकुलता नदेखेपछी देशभरिका नागरिक समाज ,बुद्धिजीवी , पूर्वप्रधानन्यायाधीशहरुको सुझावलाई गल्ती टिप्पणी गर्ने , निर्वाचन आयोगको कानुनी प्रमुख कर्मचारीलाई हटाउने देखी सर्बोच्च अदालतमा सिनियर भन्दा आफ्नो न्यायाधीशको संबैधानिक इजलास गठन गरेर गल्ती गरेर संविधान सिध्याउन त लगे र आफ्नो पार्टीको बिधानलाई कुल्चेर २५०० को केन्द्रिय समिती बनाउने ,६-७०० को जिल्ला कमिटी बनाउने देखी २ दिन अगाडि सर्बोच्च अदालतको फाइल गयाब , निर्वाचन आयोगलाई पार्टी फुटेको छैन जस्ता झुटो पत्र पठाएर छलछम गर्ने काम गरियो ।
अन्त्यमा पार्टीको जिल्लाका नेताहरुमा हाम्रो कुनै सैद्धान्तिक र प्राबिधिक समस्या छैन , सबै कमरेडहरुमा अभिवादन तर आज कमरेड माधब अर्याल ज्युको आमाको मलामी सस्कारमा सहभागी गर्ने क्रममा केपि ओलिको राजनिती बैठक राखेर लाश माथिको गिन लाग्दो राजनिती गरेको देख्दा असध्यै मर्माहत भए ।यात्रा लामो छ, एक पैदल बाट हजार माइल यात्रा गर्दैछु , यात्राको बाटो गोरेटो कच्ची जे जस्तो भए पनि उदेश्य र सिद्धान्तले हामी फेरि भेटघाट हुनेछौ । प्रधानमन्त्री केपी ओलि को तत्कालीन एमाले नेता भएर अन्तिरम संबिधान र समानुपातिक समाबेशी निति बिरोध तर नवौं महाधिवेशनमा तत्कालीन एमाले अध्यक्ष र तपाईंले पार्टी बिधि बिधानमा समानुपातिक समाबेशी निति समाबेश गरियो र हाम्रो मुद्दा सम्बोधन भयो भनेर एक
दशक समय म अलग भएको ब्यक्ति , तपाई सुध्रिनु भयो ,बिचार कम्युनिस्ट र तपाईंको योजना र दृस्ठिकोण राम्रो सुनेर जोडियो तर सत्तामा पुगेर यो गलत गर्ला भनेर संविधान कुल्चिएला भनेर मैले कल्पना गर्न सकिएन ।अब कम्युनिस्ट पार्टी सदस्य भएर तपाई जोडिए तापनि सङ्गै संघर्ष गर्नेछु, घर राम्रो बनाउने तर रङ्ग लाउने बेला आगो लगाएर खरानी गर्ने के काम ? तपाई ज्ञान भएको तर बुद्धि नभएको ब्यक्ति रहेछ , तपाईको सत्ता सरकारको बेला मैले धेरै सकारात्मक कामको प्रचार गरेको छु , यो कदम पछि तपाईलाई सबैले चिने,अब देखी म तपाईको समर्थन गर्ने छैन , Sorry हजुर !
उहीँ
तेम्ब्रेल तामाङ
नेकपा बागमती प्रदेश कमिटी सदस्य ,रसुवा ।