किन मन्दिरमा कुँदियो यौन आसनको आकृति ?

Slider मनाेरञ्जन

टुँडाल घर या मन्दिरको छाना अड्याउन प्रयोग गरिने पानीबलो हो । मन्दिरमा यसलाई ४५ डिग्रीको कोणमा ढल्काएर छानो अड्याएको पाइन्छ । यसले घामपानी, भूकम्प, हावाहुरी तथा अन्य प्राकृतिक विपतबाट घर तथा मन्दिरलाई जोगाउँछ ।

तिनै टुँडालहरूमा विभिन्न आकृति कुँदिएका पाइन्छ । यस्ता आकृतिमा विभिन्न मुद्राका यौन आसन पनि देख्न सकिन्छ । निकै वर्षअघि बनाइएका मन्दिरमा कुँदिएका यस्ता विभिन्न भाव भङ्गिमाका यौन आसन देख्दा जोकोही आश्चर्यमा पर्न सक्छ( त्यस्ता पुराना मन्दिरमा त्यस समयमा यस्ता समाजले ुछाडाु वा ुअश्लीलु भन्ने यौन आसन किन र के कारण कुँदिए ? यौन हरेक प्राणीका लागि जीवनको एउटा अनिवार्य पाटो हो । सृष्टिको मूल स्रोत नै यौन हो प्राणीका निम्ति । यसर्थ यौनबारे हरेक प्राणीमा चासो हुनु स्वाभाविक हो । त्यसमा पनि मान्छे, जो अन्य सबै प्राणीभन्दा बढी सचेत र बुद्धिमान मानिन्छ, उसले यौनलाई अतिगोप्य र नितान्त व्यक्तिगत विषय ठान्छ । र, यौनलाई सार्वजनिक गर्दैन ।

तर, यस्ता प्राचीन मन्दिरहरूमा कुँदिएका टुँडालमा भने मान्छेले विभिन्न यौन आसन प्रस्तुत गरेको छ । यसका केही अध्यात्मिक, केही वैज्ञानिक र केही जैविक कारण रहेका इतिहासिवद्, पुरातत्त्वविद्, मनोवैज्ञानिकहरू बताउँछन् ।

एकथरीको मतमा यस्ता आकृति कुँद्नुको कारण मानिसमा यौन चेतना तीव्र बनाउनु हो । अथवा सुषुप्त यौन चेतनालाई जागृत गराउन यस्ता आकृति कुँदिएका हुन् । प्राचीन समयमा मानिसहरूमा अध्यात्मचेत, धर्मप्रतिको लगाव बढी भएकाले धेरैजसो मानिस मन्दिर धाउने गर्थे । धेरै मानिसको नियमित गन्तव्यस्थल मन्दिरमा कुँदिएका यस्ता आकृतिले यौन शिक्षाको काम पनि गर्दथ्यो ।

समाजले सिधा पचाउन नसक्ने यौनका विषयलाई आकृतिमा प्रस्तुत गर्दा र त्यसमा पनि मन्दिरमा राख्दा मानिसले गलत रूपमा व्याख्या गर्न पनि सक्दैनथे । यही कारण मन्दिर नै टुँडालमा यौन आकृति प्रस्तुत गर्ने उपयुक्त ठाउँ मानिएको हुन सक्ने विज्ञहरू बताउँछन् ।

यसरी नै प्राकृतिक विपद्‍बाट जोगिनका लागि पनि यस्ता आकृति मन्दिरमा कुँदिने गरेको इतिहासकारहरूको तर्क रहँदै आएको छ । बाढी(पहिरो, चट्याङ, हावा(हुरी आदिबाट जोगिने जनविश्वास पनि रहीआएको छ ।

संस्कृतविद् प्रा.डा. डिल्लीराज शर्मा यस्ता आकृति राखिनुको पछाडि विभिन्न कारण रहेको बताउँछन्। १३औं १४औं शताब्दीमा बनाइएका मन्दिरका टुँडालमा यस्ता खालको आकृति देख्न पाइने उनको भनाइ छ।

त्यो भन्दा पहिला महिला र पुरूष ९देवदेवी० उभिएको मात्र आकृति बनाइन्थ्यो। तर, जब तन्त्र विद्याको प्रभाव पर्न थाल्यो त्यसपछिबाट भने यौन आकृति बनाउन थालिएको इतिहास भेटिएको उनको भनाइ छ। उनका अनुसार यसको पछाडि दुई वटा कारण छन्। एउटा तान्त्रिक प्रभाव। त्यतिबेलाका राजा महाराजाले तन्त्र विद्यालाई प्रभावित पार्नका लागि यस्तो खालको आकृति बनाउन थालिएको संस्कृतिविद् प्रा.डा. शर्माको भनाइ छ। अर्को कुरा यौनशिक्षाबारे आमजनमानसलाई जानकारी दिन तथा यसलाई सामान्यीकरण गर्नका लागि पनि त्यस्तो तरिका अपनाइएको उनको बुझाइ छ। यस्ता आकृति कुँद्नुको कारण मानिसमा यौन चेतना तीव्र बनाउनु पनि रहेको उनी बताउँछन्।

“सुषुप्त यौन चेतनालाई जागृत गराउन यस्ता आकृति कुँदिएका हुनसक्ने अनुमान गर्न सकिन्छ। प्राचीन समयमा मानिसहरूमा अध्यात्म चेत, धर्मप्रतिको लगाव बढी भएकाले धेरैजसो मानिस मन्दिर धाउने गर्थे,” उनले भने, “धेरै मानिसको नियमित गन्तव्यस्थल मन्दिरमा कुँदिएका यस्ता आकृतिले यौनशिक्षाको काम पनि गर्दथ्यो। उनीहरूलाई यौनबारे खासै चाँसो हुन्थेन। र, यसप्रति चासो बढाउनका लागि पनि यस्तो गरिएको हुनसक्छ।”

समाजले सिधा पचाउन नसक्ने यौनका विषयलाई आकृतिमा प्रस्तुत गर्दा र त्यसमा पनि मन्दिरमा राख्दा मानिसले गलत रूपमा व्याख्या गर्न नपाउने उनको भनाइ छ।

त्यस्तै अर्को कारण मन्दिरमा यस्ता आकृति राख्दा चट्याङ नपर्ने भन्ने पनि मान्यता छ। प्राकृतिक विपद्बाट जोगिनका लागि पनि यस्ता आकृति मन्दिरमा कुँदिने गरेको उनको भनाइ छ। मन्दिरमा यस्ता आकृति राख्दा बाढीपहिरो, चट्याङ, हावाहुरी आदिबाट जोगिने जनविश्वास पनि रहिआएको छ। त्यस्तै मन्दिरमा जाँदा मनमा रहेको विकार पदार्थलाई बाहिरै राख्नुपर्ने हुन्छ। त्यसैले त्यस्तो यौनबारेको विचार पनि त्यो मन्दिरको ढोकाबाहिरै राख्नुपर्छ भन्ने मान्यताका साथ पनि यस्तो राखिएको हुनसक्ने उनको भनाइ छ।

मन्दिरका टुँडाल तीन भागमा छुट्याएर मूर्ति कुँदिएको हुन्छ। जसमा माथिल्लो भागमा कल्पवृक्ष अर्थात रूख, फूल आदि राखिएका हुन्छन्। त्यस्तै दोस्रो भागमा देवता एकल वा जोडीसहित राखिएको हुन्छ। र, तेस्रो भागमा गन्धर्व, यक्ष, रतिक्रीडा, मानिसका रूप तथा जनावरका मूर्ति कुँदिएका हुन्छन्।

रतिक्रीडाका विभिन्न आशनहरूसहित देवदेवी तथा नरनारीका त्यस्ता आकृतिले आममानिसलाई यौनबारे चासो बढाउनुका साथै यौनबारेको संकुचन पनि हट्ने संस्कृविद् प्रा।डा। शर्माको भनाइ छ।

हामी खुल्ला रुपमा यौन गतिविधि गर्नुलाई नै आधुनिक सम्झने गर्छौं । विभिन्न अभिलेखका अध्ययनहरु एवं यस्ता कलाकृतिहरुले प्राचीन नेपाली समाज पनि सभ्य थियो । तर, यौन जीवनको हिसाबले शिक्षित समेत थियो भन्न सकिन्छ ।

सबैभन्दा पहिले त ती टुँडालहरुमा उल्लेख भएका कलाकृतिले के संकेत गर्ने गरेका छन् रु भन्ने कुरा महत्वपूर्ण हो । त्यहाँ देखिएका यौन आसनका आकृतिहरु ज्ञानको लागि हुन् या अरु नै प्रयोजनका लागि रु भन्ने विषय महत्वपूर्ण कुरा हो । तर, यसलाई वात्सायनको कामसूत्रसँग दाँजेर हेर्ने हो भने यी टुँडालहरुमा कुँदिएका आकृति यही कामसूत्रले उल्लेख गरेको यौनासनहरु थिए भन्न सकिन्छ ।

कामसूत्रमा १४ किसिमका यौन आसनको बारेमा उल्लेख गरिएको छ । यी आसनको संख्याको बारेमा विद्वानहरुबीच मत भिन्नता छ । कसैले त्यसमा केही आसन थपेर २२ वटा भनेका छन् । कसैले १० वटा मात्रै रहेको पनि बताएका छन् ।

जस्तो कामसूत्रमा सबैभन्दा पहिले उत्फुल्लक आसनको बारेमा उल्लेख गरिएको छ । यसको अर्थ हुन्छ कुनैपनि स्त्रीले आफ्नो शीर भागलाई पृथ्वी तिर लगाएर आफ्नो कम्मरलाई माथिल्लो भागमा लगेर गरिने यौनासन । यस्तो आसनका आकृतिहरु मन्दिरहरुमा पर्याप्त मात्रामा देख्न सकिन्छ ।

त्यस्तै, दोस्रो आसन हो विजृम्भितक आसन । यो आसन अनुसार कुनैपनि स्त्रीको दुबै खुट्टालाई माथि उठाइन्छ । यसरी उठाउँदा उसको योनी चौडा हुने गर्छ । यसरी गरिने सम्भोग कलालाई विजृम्भितक भन्ने गरिन्छ ।

यस बाहेक स्त्रीको दुबै खुट्टालाई उचालेर आफ्नो काखमा राखेर गरिने सम्भोग इन्द्राणिक आसन हो । सम्भोगको समयमा स्त्री र पुरुषहरु आफ्नो खुट्टालाई सिधा–सिधा बनाएर सम्भोग गर्छन् भने त्यो सम्पुटक आसन हो । सम्पुटक आसनको जस्तै शैली भएको भएपनि महिला र पुरुषहरुले आफ्नो कम्मरभन्दा तलको भाग र घुँडाभन्दा माथिको भाग एकदमै दबाएर सम्भोग गर्ने आसन पीडितक आसन हो ।

यसबाहेक स्त्री र पुरुषहरुले सम्भोगको साथमा चुम्बन समेत एकैपटक गर्नेगरी गरिने सम्भोगलाई वाडवक, स्त्रीको योनी माथि र टाउको तल पारेर गरिने सम्भोग भुग्नक हो । यसरी विभिन्न किसिमका यौन आसनहरु कामसूत्रमा उल्लेख गएका छन् । यही कामसूत्रमा उल्लेख भएका अधिकांश आसनहरु टुँडालहरुमा पाइने भएकोले यसलाई यौन आसनको ज्ञान दिन बनाइएको कला पनि हुनसक्छ भन्ने विश्वास गर्न सकिन्छ ।

इटालियन अन्वेषक जिसेप टुचीले नेपाली मन्दिरहरूमा पाइने यौन कलाकारितालाई मुख्य विषय बनाएर सन् १९६० मा ‘रतिकला’ नामक पुस्तक लेखेका थिए । त्यसमा पनि उनले यो जनताहरुलाई यौनको विषयमा जानकारी दिनको लागि तयारपारिएको कला भनेर उल्लेख गरेका छन् ।

किन मन्दिरमै कुँदियो यौन आसनका आकृति ?

मन्दिरलाई पवित्र स्थान मन्ने गरिन्छ । त्यही मन्दिरमा किन यौन आसनका आकृति कुँदियो ? यसको विषयमा फरक मतहरु आउने गरेका छन् । कसैले यसलाई धार्मिक कोणबाट विश्लेषण गर्ने गरेका छन् भने कसैले यसलाई सामाजिक र मनोवैज्ञानिक कोणबाट व्याख्या गर्ने गरेका छन् ।

यस्ता टुँडालहरुमा यौनक्रिडामा लागेकाहरु धेरै मानिसहरु साधुहरुको आकृतिमा देख्न सकिन्छ । कसैलाई भगवानको आकृतिमा पनि देख्न सकिन्छ । यसरी प्रस्तुत गरिनुको पछि केही विशेष कारण रहेको हुनसक्ने अनुमान गरिन्छ । परापूर्व कालमा मोक्ष पाउने लोभमा सबै मानिसहरु सन्यास लिएर बौद्ध मतका अनुयायी बने । धेरैले घर परिवार छाडे र बिहे नै नगरेकाहरु पनि तीब्र बैराग्यतिर लाग्न थालेपछि सरकारले नै धेरैको आस्थाको केन्द्र मानिने मन्दिरहरुमा कामसूत्रका अकृति कुँदेर राखेको किंवदन्ती सुन्न सकिन्छ । कतिपय बुद्धको जस्तो आकृति देखिने मुर्तिमा यौनक्रिडाको तस्बिर कुँदिएकोबाट पनि यसलाई पुष्टि गर्न सक्ने केही थप आधार देखिन्छ ।

कसैले मन्दिरमा चट्याङ नपरोस् भन्नको लागि पनि यस्ता कलाकृतिहरुको विकास गरेको मान्ने गरेका छन् । कसैको विश्वास त के पनि छ भने मन्दिरमा पस्दा त्यस्ता नराम्रा भावनाहरु बाहिर नै फालेर शुद्ध बनेर भित्र जानुपर्छ भन्ने जनाउनको लागि यस्तो तस्बिरहरु राखिएको हो ।