एनआइसी एशिया र प्राइम बैंकमाथि ७ वटा गंभीर आरोप, छानविन गर्दैछौंः राष्ट्र बैंक

अर्थ बैंक

एनआईसी एशिया र प्राइम बैंकमाथि गंभीर ७ ओटा आरोप लागेको छ । नियमविपरित सञ्चालकलाई ऋण दिएको, कर सम्बन्धी कागजात पूरा नगरेको, जथाभावी सेवा शूल्क लिएकोलगायत विभिन्न विषयमा आरोप परेको छ ।

खासगरी, यी दुई बैंकमाथि राष्ट्र बैंकका नीतिरनिर्देशन लत्याएको आरोप लागेको हो । यी बैंकले राष्ट्र बैंकको नीति निर्देशनको अक्षरस पालना गर्ने बैंकहरुलाई समस्यामा पारेको र बैंकिङ प्रणालीमा खतरानाक जोखिम सिर्जना गरेको आरोप लगाउँदै कारबाही गर्न माग गर्दै विभिन्न निकायमा दर्जनौं उजुरी परेका छन् । केहीदिन अघिमात्रै एनआइसी एशियाले धम्क्याएको भन्दै ऋणीहरु थापाथलीस्थित बैंकको मूख्य कार्यालय घेराउन गर्न पुगेका थिए ।

बैंकबाट पीडितहरुले संघर्ष समिति नै बनाएर आन्दोलन गरिरहेका छन् ।

के के हुन् ती आरोप ?
१, नियमविपरित सञ्चालकलाई ऋण दिएको ।
२, कर सम्बन्धी कागजात पूरा नगरेको ।
३, ऋण–स्वपूँजी अनुपातसम्बन्धी राष्ट्र बैंकको निर्देशनको पालना नगरेको ।
४, दोहोरो वासलात भएका कम्पनीलाई पनि ऋण दिएको ।
५, व्यक्तिगत कर्जा प्रवाह गर्दा पालना गर्नुपर्ने नियमको पालना नगरेको ।
६, कर्जा सूचना केन्द्रसँग सम्बन्धी नियमहरु पालना नगरेको ।
७, जथाभावी सेवा शूल्क लिएकोलगायत ।