यी हुन् नेपाल चिनाउने ३ हलिउड फिल्म

मनाेरञ्जन

अहिलेका अधिकांश नेपाली युवाहरु हलिउड मुभिमा धेरै नै चाख राख्दै गइरहेका छन् । नेपाली फिल्म भन्दा पनि हलिउड फिल्ममा उत्साहित रहेका छन् ।

नेपालमा दर्जनभन्दा धेरै हलिउड फिल्मको छायांकन भएका छन्। यी तीन फिल्मले विश्वभरका मान्छेको ध्यान तान्न पनि सफल भएका थिए। ती मध्य हुन्

डाक्टर स्ट्रेन्ज, द एभरेस्ट र सेभेन इयरर्स इन तिब्बत
डाक्टर स्ट्रेन्ज
हलिउड फिल्म डाक्टर स्ट्रेन्ज मार्वल स्टुडियोको फिल्म हो। मार्वलको प्रस्तुतीमा एभेन्जर्स इन्ड गेम‚ इफिनिटी वारजस्ता निकै चर्चित फिल्महरु बनाएको छ।
सन् २०१६ मा प्रदर्शनमा आएको फिल्म डाक्टर स्ट्रेन्ज एक चिकित्सको कथामा आधारित फिल्म हो। फिल्ममा चिकित्सकले दुर्घटनामा परी हात चलाउने शक्ति गुमाउँछन्। यसले उनी निकै निराश बन्छन् र जसरी हुन्छ हात चलाएरै छाड्ने निष्कर्षमा पुग्छन्। त्यही समयमा अर्को एक व्यक्तिले नेपालको काठमाडौंमा यसको उपचार गर्न सकिने बताउँछन् र ती चिकित्सक नेपाल आउँछन्। त्योपछि के हुन्छ त्यसका लागि भने फिल्म डाक्टर स्ट्रन्ज हेर्न नभुल्नुहोला।

द एभरेस्ट
सत्य कथामा आधारित द एभरेस्ट फिल्म सन् २०१५ मा प्रर्दशन भएको हलिउड फिल्म हो। वान ट्वानी सेभेनजस्ता चर्चित फिल्म निर्देशन गरिसकेका निर्देशक बाल्तासार कुर्रमाकुरले द एभरेस्ट निर्देशन गरेका हुन्।

सन् १९९७ मा सगरमाथा चढ्न आएका विदेशीहरुले कसरी हिउँको आँधीबाट आफूलाई सुरक्षित फर्काउन सफल भए भन्ने सत्य घटनामा फिल्म आधारित छ। आङै सिरिङ बनाउने दृष्यमा भिएफएक्स गरिएकाले फिल्म हेरिरहँदा आफू पनि हिउँको पहिरोमा पुगेजस्तै बनाउँछ। सगरमाथा र नेपालमा अधिकांश भाग खिचिएको फिल्म हेर्नुभएको छैन भने आजै हेर्नुहोला है त।

सेभेन इयरर्स इन तिब्बत
सन् १९९७ मा प्रदर्शन भएको फिल्म सेभेन इयरर्स इन तिब्बत नेपाल र तिब्बतको हिमाली क्षेत्रमा सात वर्ष बिताएको पात्रको कथा हो। फिल्म गुम्बामा खिचिएका दृष्यले भरिएको छ। तिब्बत र नेपाल सिमाना भएकाले यो फिल्म नेपालसँग पनि नजिक छ।

लामाहरुले विदेशी देख्दा कस्तो आतिथ्यता दर्साए भन्ने कुरा पनि फिल्ममा देखाउन खोजिएको छ। त्यस्तै विदेशीको खैरो कपाल देखेर तिमीसँग साँच्चै हात र खुट्टा छ भनेर चौधौं दलाई लामाले सोधेको प्रश्नले फिल्म हेर्नेजति सबैलाई हसाउँछ।