आखिर सकुनी सहि या गलत ?

विचार

महाभारत हिन्दूहरूको एक प्रमुख काव्य ग्रन्थ हो, जसलाई स्मृति वर्गको ग्रन्थ मानिन्छ। यस ग्रन्थलाई इतिहास ग्रन्थ पनि भन्न सकिन्छ। वैदिक संस्कृतिको अनुपम धार्मिक, पौराणिक, ऐतिहासिक तथा दार्शनिक ग्रन्थ हो महाभारत। यो हिन्दू धर्मको वेदपछिको एउटै मुख्य ग्रन्थ र विश्वको सबैभन्दा ठूलो साहित्यिक ग्रन्थ पनि हो।

महाभारतको विशालता र दार्शनिक गुढता पूरै हिन्दू धर्म र वैदिक परम्पराको पनि सार हो। महाभारतको विशालताको अन्दाज यसको प्रथम पर्वमा उल्लेखित एक श्लोकबाट लगाउन सकिन्छ, जसमा लेखिएको छ, “जुन कुरा महाभारतमा छ, त्यो तपाईले संसारमा कहीँ न कहीँ अवश्य भेट्नुहुनेछ, जुन कुरा यहाँ छैन, त्यो तपाईले संसारमा अन्यत्र कहीँ पनि भेट्नुहुने छैन।’

महाभारत खाली राजारानी, राजकुमार–राजकुमारी, मुनिहरूको कथा मात्र नभएर एक ज्ञान भण्डार पनि हो। महाभारतमा उल्लेख भएअनुसार यसका पहिला रचयिता वेदव्यास हुन् भने पहिला लेखक भगवान गणेश हुन्। व्यासले १८ पर्व महाभारतको रचना गरेपछि गणेशलाई लेख्नका लागी बोलाएका थिए। गणेश र व्यासले क्रमशः महाभारत लेख्ने र भन्ने गरेका गरेका थिए। यदी गणेशको कलम रोकिएमा व्यासले जित्ने र व्यासको वाचन गर्ने काम रोकिएमा गणेशले जित्ने भनेर यी दुवै जनाले बाजी पनि राखेका थिए। यसरी होडवाजीमा रहेर लेख्दा पनि यो पुस्तक लेख्न तीन वर्षको समय लागेको बताइन्छ। तपाईंले महाभारतको अध्ययन गर्नु भएको छ वा महाभारतबारे जानकार हुनुहुन्छ भने पाण्डब र कौरबबीचको युद्ध हुनुको प्रमुख कारण एक जना व्यक्ति हुन् भन्ने थाहा पाउनु भएको होला ।

धृतराष्ट्रका पाच पाण्डवका काका हुन् । जो जन्मदै आँखा नदेख्ने भएका कारण कुलको जेठो हुँदा हुँदै पनि राजा बन्न पाएका थिएनन् । उनको सट्टा वलवान तथा ज्ञानी उनकै भाइ पाण्डु राजा बनेका थिए ।
तर पाण्डुको अल्पायुमै निधन भएपछि राजा बन्ने अवसर पुन अन्धा राजा धृतराष्ट्रमा गएको थियो । पाण्डुका पाँच छोरा सानै थिए भने धृतराष्ट्रका छोरा दुर्योधनसहित १०० भाइपनि सानै थिए । जब उनीहरुको शिक्षादिक्षा सकियो र युवराज घोषणा गर्ने बेला भयो त्यतिवेला देखिनै युवराज कसलाई घोषणा गर्ने भन्ने धृतराष्ट्र अन्योलमा परे । राजसभा, महामन्त्री विदूर, भीष्मपितामह लगायतकाले पाण्डु राजा भएको र उनको निधन भएका कारण धृतराष्ट्रले राजाबन्ने अवसर पाएको र पाण्डुका पुत्रहरु नै योग्य भएका कारण युधिष्ठिरलाई युवराज घोषणा गर्नुपर्ने र राजा बनाउनुपर्ने पक्षमा थिए ।

उता धृतराष्ट्र भने आफू कुरु बंशको जेठो सन्तान भएको तर आखा नदेखेका कारण मात्र राजा बन्न नपाएका कारण आफ्नो छोराले युवराज बन्ने अवसर पाउनुपर्छ भन्ने सोच्दथे । तर, उनका छोरा दुर्योधन भने घमण्डी, कुसंस्कारी, व्यभिचारी भएका कारण जनताले पनि उनलाई मन पराउँदैन थिए ।

विदुरले आफ्नो राजनीतिक आदर्श र भीष्मपितामहको विद्वताले केही गलत हुन दिइरहेको थिएन । तर, महाभारतका एक यस्ता पात्र थिए जसले सधै पाण्डुको विरोध र अन्धा भएका कारण राजा बन्न नपाएको भन्दै धृतराष्ट्रलाई पाण्डु र उनका पुत्र विरुद्धको भावना भड्काइरहन्थे । उनी थिए शकुनी ।

महाजार धृतराष्ट्रका साला एवं महारानी गान्धरीका भाइ शकुनीका कारण नै महाभारत युद्ध हुन पुगेको थियो । उनी आफ्ना भान्जा दूर्योधन राजा बनेको हेर्न चाहन्थे । यती मात्र होइन उनीसँग कुरु वंशको रिस पनि थियो ।

वास्तवीक र रोचक कुरा,
धृतराष्ट्रको विवाह गान्धार देशकी गान्धारीसँग भएको थियो । गान्धारीको कुण्डली दोष देखिन्छ कि जो सँग विवाह हुन्छ उसको भएको केहि पर्षमा नै मृत्यु हुन्छ । यहि दोष हटाउनको लागि उनको विवाह बाख्रासँग हुन्छ् । र, केहि समयमा नै मृत्यु हुन्छ् । समय वित्दै जाँदा यो कुरा केहि वर्ष पछि धृतराष्ट्रले थाहाँ पाउँछन् । यो कुरा थाहा पाए तब उसले गान्धारका राजा सुबाला तथा उसका १०० छोरालाई जेल सजाय दिएका थिए ।

उनले एक एक गरेर सुबालाका सबै छोरालाई मार्न थाले । उनीहरुलाई खानका लागी एक मुठ्ठी चामल मात्र दिन्थे । सुबालाले आफ्नो सबैभन्दा सानो छोरा सकुनीलाई प्रतिशोधका लागि तयार गरेका थिए । सबैले आफ्नो हिस्साको चामल सकुनीलाई दिन्थे किनकी उनी जिवित रहन सकुन् र कौरवको नास गर्न सकुन् ।

मृत्यु भन्दा पहिला सुबालाले धृतराष्ट्रसँग शकुनीलाई छाड्न गरेको बिन्तिलाई धृतराष्ट्रले माने । सुबालाले शकुनीलाई आफ्नो शरीरको हाडबाट पासा बनाउन भने । त्यही पासा कौरव वंश विनाको कारण बने ।

शकुनीले हस्तिनापुरमा सबैको विश्वास जिते र १०० भाइ कौरबको अभिभावक बने । उनले दुर्योधनलाई युधिष्ठिर विरुद्ध भड्काएनन् मात्र महाभारतको युद्धको लागि आधारपनि तयार गरेका थिए ।