उद्योग वाणिज्य संघ दाङको अध्यक्षमा बुढाथोकी निर्वाचित

उद्योगी ठुला
दाङ जिल्ला उद्योग वाणिज्य संघको अध्यक्षमा टंकसिंह बुढाथोकी निर्वाचित भएका छन्।
सोमबार राति सार्वजनिक मत परिणामअनुसार कोषाध्यक्षमा सुशील पोखरेल निर्वाचित भएका छन्। बुढाथोकीले १ हजार २ सय ५७ मत पाएका थिए भने उनका प्रतिद्वन्द्वी  बसन्त जोशीले १ हजार १३ मत प्राप्त गरेका थिए। उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार वसन्त जोशीले १ हजार १३ मत ल्याएका थिए । त्यस्तै कोषाध्यक्ष पोख्रेलले १ हजार २६३ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी धनपति शर्माले ९८५ मत प्राप्त गरेका थिए । कुल ४ हजार ३३८ मतदाता मध्ये २ हजार ४३२ जनाले मतदान गरेका थिए ।
अन्य १७ पदाधिकारी भने सहमतिका आधारमा यसअघि नै चयन भइसकेका छन् । जसमा महासचिवमा महेन्द्र बुढाथोकी, वरिष्ठ उपाध्यक्षमा नरेश कार्की, उद्योग उपाध्यक्षमा अनिल आचार्य, वाणिज्य उपाध्यक्षमा रामप्रसाद पोख्रेल, सचिवमा नरेश कुमार श्रेष्ठ र सहकाषाध्यक्षमा राजभक्त राना चयन भएका छन् ।
त्यसैगरी उद्योग सदस्यमा भरत रेग्मी, एशोसियशन सदस्यमा ज्ञानबहादुर फौदार, वस्तुगत सदस्यमा माधव खनाल  चयन भएका छन् । अन्य सदस्यहरुमा जुद्धबहादुर घर्ती मगर, जगतप्रसाद आचार्य, विकास वली, एकनारायण पौडेल, विष्णुप्रसाद रिजाल, लिलाराम खड्का विनोदप्रसाद पाण्डे र विष्णुप्रसाद गौतम छन् ।