निर्माण व्यवसायीको दबाब पछि लाइसेन्स नवीकरणको म्याद थपिने

उद्योगी ठुला मझौला

सरकारले सवारीचालक अनुमतिपत्र, सवारी साधन जाँचपास र रुट इजाजतपत्र नवीकरण म्याद थप गरेको छ । यससँगै ढिलो भएबापत बुझाउनुपर्ने शुल्क मिनाहा भएको छ । मन्त्रिपरिषद् बैठकले मंसिर मसान्तसम्मको लागि ढिलो भएबापत बुझाउनुपर्ने शुल्क मिनाहासहितको म्याद थप गरेर मंसिर मसान्तसम्म पुर्‍याएको हो ।

सरकारले सवारी चालक अनुमतिपत्र नवीकरण गर्ने, म्याद थप र संघको अधिकारी क्षेत्रभित्र पर्ने सार्वजनिक सवारी साधनको जाँचपास र रुट इजाजत पत्रको नवीकरण गर्ने म्याद थप गरेको हो ।

यसअघि विभिन्न मितिमा भएको निर्णयानुसार सवारी चालक अनुमतिपत्र नवीकरण गर्ने म्याद भदौ मसान्तसम्म रहेको थियो । त्यसपछि लकडाउन पूर्ण रुपले नहटेको, चाडवाड तथा विविध कारणले यातायात सेवा कार्यालयहरू पूर्णरुपमा नखुल्दा सेवाग्राहीहरूले सेवा लिन असमर्थ रहेकाले सवारी चालक अनुमतिपत्र नवीकरण गर्ने म्याद थप गर्ने प्रस्ताव भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलले मन्त्रिपरिषदमा पेस गरेको थियो । नेपाल निर्माण व्यवसायी महासंघले कोभिड १९ को संकटका कारण निर्माण क्षेत्र प्रभावित भएको भन्दै आयोजनाहरुको म्याद थप गर्न माग गरेको थियो ।

महासंघले १३ औं राष्ट्रिय निर्माण दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा महासंघका अध्यक्ष रवी सिंहले पत्रकारहरुसँग कुराकानी गर्दै कोभिड १९ का कारण प्रभावित आयोजनाहरुको म्याद एक वर्ष थप्नुपर्ने बताएका हुन्। कोभिडका कारण करिब ६ हजार आयोजनाहरु प्रभावित भएकोले सरकारले सबै आयोजनाको म्याद एक वर्ष थप गरिदिनुपर्ने बताए। २ हजार ७ सय ७० वटा रुग्ण आयोजनाहरुको म्याद गत फगुन १४ गते एक वर्षका लागि थप गर्ने निर्णय भएको थियो। तर ती आयोजनाहरु पनि कोभिडबाट प्रभावित भएकाले थप एक वर्ष म्याद थपिनुपर्ने माग उनले गरेका छन्।