२४ घण्टामा १०९६ कोरोना संक्रमित थपिए, १७ को मृत्यु

समाचार

पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ९६ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४० हजार ९८१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

शनिबार थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ५ सय ९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

मन्त्रालयका अनुसार, १३ हजार ५ सय ८२ जना सक्रिय संक्रमित रहेका छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार, पछिल्लो २४ घन्टामा १७ जना संक्रमितको मृत्यु भएको छ ।

हालसम्म १ हजार ५ सय ९४ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।  यस्तै १ हजार ७ सय ५२ जना संक्रमितले कोरोना भाइरससँगको लडाईं जितेका छन् । हालसम्म कोरोना जित्नेहरूको संख्या २ लाख २५ हजार ८ सय ५ जना पुगेको छ ।