बलात्कार कम गर्न देहव्यापारलाई कानुनी मान्यता दिनु पर्छ: डा. योगी

शिक्षा

मनोक्रान्तिका प्रवर्तक डा. योगी विकासानन्दले समाजमा व्याप्त विकृतिको जड पहिचानमै समस्या भएको बताएका छन् । हत्या, हिंसा, लुटपाट, बलात्कार आदिमा संलग्नलाई कडा सजाय दिने हो भने समाज सुधारतर्फ केन्द्रीत हुँदै जान्छ भन्ने एकाथरीकोृ मान्यता छ भने अर्काथरी मानिसकहरु यस्ता समस्या के कारण सिर्जना हुन्छन् सोको खोजी गरिनु पर्छ भन्ने मत राख्छन् । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएपछि समाजमा बलात्कारलाई एक भयावह समस्याका रुपमा बुझ्न थालिएको छ । यस्तो सामाजिक विकृति हटाउन के गर्नु पर्छ ? यो समस्याको समाधान के हुन सक्छ ? भन्नेलगायत विषय वस्तुको सेरोफेरोमा रहेर तीन घुम्तीले उनीसँग सम्वाद गरेका छौं । प्रस्तुत छ सो सम्बादको मुख्य अंशहरुः 
बलात्कारका घटनाहरु वृद्धि हुँदै गयो भनेर महिला अधिकारकर्मीहरुले चिन्ता जाहेर गरिरहेका छन् । यस्तो विकृति न्यूनीकरणबारे पनि बहस हुँदै आएकोछ । तर समस्या अझ बिकराल बन्दै गएको छ । बलात्कार न्युनीकरणका लागि के गर्नुपर्ला ? 
बलात्कार विभिन्न अवस्था र परिस्थितिमा हुन्छ । सबै बलात्कार यौन प्यास मेटाउनका लागि भएका हुँदैनन् । धेरैजसो बलात्कार चिनजानका मान्छेबाटै हुन्छन् । यौनचाहना पूरा नभइरहेको अवस्थामा, लागूऔषध, रक्सी सेवन गरेको अवस्थामा र यौन कुण्ठा रहेको अवस्थामा पनि बलात्कार हुन्छ । एकप्रकारका बलात्कारीहरुले जेनेटिकल कोडमा क्रिमिनलको जिन बोकेर ल्याएका हुन्छन् । जसकारण पनि यो घटना घट्न पुग्छ । त्यस्तैगरि त्यो मानसिक विकृति पनि हो । तर सबैले मानसिक विकृतिमा बलात्कार गर्दैनन् । कसैले बदलाको भावनाले गर्छन् । यो अर्को पाटो हो । नेपालजस्तो देशमा बढी मात्रामा ‘सेक्सुअल्ली एक्सपोज’ हुन नपाएर बलात्कार भएको हो । अमेरिकामा ‘सेक्सुअल्ली एक्सपोज’ भएर पनि बदलाको भावनाले बलात्कार गर्छ । हाम्रो समाजले केटाकेटी दुवैलाई यौनको लागि खुल्ला वातावरण दिएन । यौनमा खुलापन हुने हो भने यौनअपराध केही हदसम्म न्युनीकरण हुन्छ । निर्मूल हुँदैन । अर्को कुरा स्कुुलमा बलात्कार भन्ने छुट्टै विषय बनाएर पढाउनुपर्छ । पाठ्यक्रममा बलात्कार र यौन शिक्षाबारे अनिवार्य रुपमा पढाउनुपर्छ ।

प्रदेश नम्बर ५ का मुख्यमन्त्रीले देहव्यापारीहरुलाई लाइसेन्स दिएर वैधानिकता दिनु पर्ने कुरा गरेका छन् । तपाईलाई के लाग्छ, वेश्यावृत्तिले कानुनी मान्यता पाउनु पर्छ ?
मेरो विचारमा वेश्यावृत्तिलाई राज्यले नै कानूनी मान्यता दिनुपर्छ । अर्को कुरा, चीन, जापानबाट उत्पादन भइरहेका ‘सेक्स टोयज’हरुलाई व्यापक रुपमा समाजमा छर्नुपर्छ ।  वेश्यावृत्तिलाई कानूनी मान्यतता दिँदा कमसेकम यौन कुण्ठाको कारण बलात्कार गर्न जाँदैनन् । तर पनि समाजको हेराई वेश्यालयमा जाने मान्छेहरुप्रति नराम्रो भयो भने बलात्कारका घटना कम हुन्छन् भन्ने सकिदैन । त्यसकारण यसलाई समाजिकरण होइन सामान्यीकरण गर्नुप¥यो । ट्वाइलेट जानु र वेश्यावृत्तिमा जानु एउटै हो भन्ने धारणा भयो भने मात्र स्थिति सामान्य हुन्छ ।

बलात्कारमा परेका महिला, बालबालिकामाथि समाजले हेर्ने दृष्टिकोण सफा छैन । बलात्कारबाट पीडित भएकाहरुलाई दोषी ठहर गर्ने सामाजिक थितिलाई के भन्नु हुन्छ ? 
हामीले बलात्कारलाई हेर्ने समाजिक दृष्टिकोणमा ठूलो खराबी छ । यदि कसैमाथि छुरा प्रहार भयो भने छुरा प्रहारबाट घाइतेसँग विवाह नगर्ने शर्त कसैले राख्दैन । ऊ छुरा प्रहारबाट पीडित भएको व्यक्तित त हो । यसो भन्दैमा उसको विवाह नहुने भन्ने हुँदैन । तर बलात्कारमा परेका बालिका, महिला, किशोरीको मामिलालाई ‘सेन्सटिभ’ बनाइन्छ । धेरैले नबुझेको कुरा के हो भने बलात्कारमा पर्नेहरु पीडित हुन् । उनीहरुका लागि त्यो एक दुःखद घटना हो । बलात्कारमा परेकाहरु सम्बन्धित अपराधमा जोडिएका तर निर्दोष व्यक्तिहरु हुन् । त्यो एउटा दुर्घटना हो । तर यसलाई ठूलो बनाएको त्यही पुरुषप्रधान समाजले हो । जुन समाजमा बलात्कृत भएकी महिलालाई विवाह गर्न हिच्किचाइन्छ । वास्तावमा बलात्कार गर्ने भन्दा पनि बलात्कृत महिलालाई समाजमा टिक्न नदिने यस यसलाई ठूलो ‘इस्यु’ बनाउनेहरु महाअपराधी हुन् ।  वास्तावमा बलात्कारी भन्दा पनि खतरनाक त हाम्रो समाज छ । त्यसकारण बलात्कारलाई दिइने सजाय समाजलाई पनि दिनुपर्छ ।

के बलात्कार गर्नेले बलजफ्ती गरिएको त्यो कर्मबाट यौनआनन्द पाउँछ ? 
यौन सम्बन्धमा केटा र केटीको सहमत भएका हुन्छन् । माया प्रेम भएपछि उनीहरुका यौनांग परिवर्तन हुन्छ । महिलाको योनांगबाट ‘लिक्विड’ बग्नुपर्छ र पुरुषमा पनि त्यही हुनुपर्छ । त्यो ‘लुब्रिकेन्ट’ भएपछिमात्र आनन्दको अनुभूति हुने हो । जब कि, डराएकोे बेलामा लुब्रिकेन्ट हुँदैन, लुब्रिकेन्ट नभएपछि त्यहाँ ‘ग्रिज’ हुँदैन । यो भएन भने कसैलाई आनन्द आउँदैन । बलात्कारमा महिलालाई त पीडा भयो सबैले बुझ्छौं । त्यो केटालाई चाहीं आनन्द भएको होइन । त्यसलाई पनि महापीडा भएको हुन्छ । यो सबैै विवाह गरेका पुरुषलाई थाहा छ । आफ्नै श्रीमतीसँग सहबास गर्दा त श्रीमती तयार नहुँदासम्म केटालाई कति पीडा हुन्छ ।  तर कतिले त्यहाँ प्वाल छ भन्दैमा यौन सम्बन्ध हुन्छ भन्ने बुझ्छन् । यो बुझाई एकदम घटिया बुझाइ हो । प्वाल हैन ‘लुुब्रिकेसन’ यौन सम्बन्ध राम्रो हुने हो । त्यो भन्दा पनि व्यक्तिको मानसिकताले हुने हो । जबरजस्ती यौन सम्बन्ध राख्दा महिलामात्र होइन पुरुषलाई पनि पीडा हुन्छ । नभए जेलमा गएर अन्तर्वातता गर्नुस् त, आन्नद आइरहेको छ भनेर । त्यो बलात्कारीहरुको पनि पीडा छ ।

मानिसहरुले यौन चाहना परित्याग गर्न सक्छन् ? साधुसन्तहरुले काम, क्रोध, लोभ, मोहलाई त्यागेका हुन्छन् भन्ने गरिन्छ । के त्यो साँचो हो ?
योेगमा यस्ता पनि साधना छन्, जुन साधना गर्दै गएपछि मान्छेको तन र मनमा परिवर्तन आउँछ । यदि योगीले ब्रह्मचर्यामा बस्ने हो भने साधना गर्दा गर्दै उसले आफूलाई तताउँछन् । भित्रबाट तात्तिएर त्यो तल जानुपर्ने यौन शक्ति माथि आउँछ । त्यो फेरिएर भएर स्पाइनल कर्डबाट माथि आउँदै दिमागमा जान्छ । त्यो शक्ति जुन शक्ति यौनमा गयो भने बच्चा जन्मिन्छ, त्यो माथि आयो भने दिमागले नयाँ डाइमेन्सन खोल्छ । त्यो भनेको जीवनको सबै आयामहरु खुल्ने हो । त्यस्ता योगीहरुलाई सहबासको आवश्यक्ता पर्दैन ।  तर सबै योगीको त्यो हुँदैन । सबै योगीले त्यो गर्दैनन् पनि । तर बाहिरबाट देखाउँदा भक्तहरुले उनीहरुको खुुट्टा ढोग्छन् । यसले उनीहरुलाई ठूलो फाइदा पुगेको हुन्छ । बुद्धले महल छोडेर जंगल पसे । यहाँ त साधु भएर ठूला ठूला महल ठड्याउँछन् । यस्तो सुविधा भएपछि किन छोड्नु ? यहाँ त स्वार्थ छ ।

समाजमा यौन चाहनाको कारणले मात्र्रै अपराध हुने होइन । तनाव व्यवस्थापन गर्न नसक्दा पनि समस्या आउने गरेको छ । यसलाई कसरी हेर्नु हुन्छ ?
संसारमा तनाव नभएका मानिस सायदै होलान् । ‘मान्छेलाई यहाँ कस्तो तनाव भइरहेको छ’ भन्नेहरु धेरै भेटिन्छन् । एक अनुसन्धानअनुसार,  सामान्य मानिसको मष्तिस्कले एक दिनमा करिब ६० हजारवटा कुरा सोच्दछ । त्यसमध्ये पनि ९५ प्रतिशत तिनै सोच हुन्छन् जुन अघिल्लो दिन सोचिएको हुन्छ । विगतको सम्झना र भविष्यको चिन्ताले नै मानिसलाई बढी तनाव दिने गरेको पनि विभिन्न अनुसन्धानले देखाएको छ । तनावलाई क्षणिक रुपमा होइन दीर्घकालीन रुपमा सामाधान गर्ने शूत्र जान्न अत्यावश्यक छ । मानसिक समस्या, तनाव व्यवस्थापन र समाजमा घटिरहेका बलात्कारलगायतका विषयहरु अहिले प्रमुखरुपमा उठेका छन् ।
तनावबाट तुरुन्तै बाहिर निस्कन खोज्दा अर्को तनावमा फसिन्छ । तनावबाट कसरी बाहिर आउने भन्ने प्रश्न नै गलत हो । तनावबाट बाहिर आउने होइन, तनावलाई बुझ्ने हो ।  अज्ञानताको कारणले नै तनाव सिर्जना हुन्छ । उदाहरणको लागि पहिलो पटक काठमाडौं आएको व्यक्ति काठमाडौंमा पक्कै हराउन सक्छ । तर, वर्षौंदेखि बस्दै आएको व्यक्ति सजिलै हराउँदैन । काठमाडौं जस्तै हो तनाव पनि । जब अज्ञानता हुन्छ, तनाव त्यहीबाट सुरु हुन्छ ।
तनाव, गरिबी, समस्या र पीडाबाट बाहिर आउने होइन । सर्वप्रथम तनाव के हो भनेर बुझ्ने हो । तनाव सिर्जना हुने मुख्य कारण नै अज्ञानता हो ।  ज्ञान भन्दा पवित्र र ठूलो चिज संसारमा केही छैन भनेर शास्त्रमै भनिएको छ । ज्ञान भनेको व्यक्तिगत प्रयासको परिणाम हो । तर, शिक्षा र ज्ञान एउटै होइनन् । शिक्षा अरुले दिने चिज हो । ज्ञान आफै भित्र खोज्ने हो । यो खोज्ने वातावरण भने शिक्षकले बनाइदिने हो । ज्ञान भएको ठाउँमा समस्या र तनाव हुँदैन ।
यो संसार नै स्वंयको मनको या चेतनाको विस्तार हो । हामीले प्यारो श्रीमान, छोराछोरी या परिवार खोज्नु पर्दैन । हामीले त प्यारो ‘म’ खोज्ने हो । आफ्नो मन शान्त भएपछि सबै कुरा सहज बन्दै जान्छ । संसार खत्तम होइन आफू र आफ्नो सोच खत्तम हो । मानिसको चेतनामा जे घट्छ बाहिर पनि त्यही प्रतिबिम्बित हुन्छ । यो कुरा बुुझेन भने युगौं युग समस्या तन्किन्छ । जबसम्म मानिसको मनमा घाउ हुन्छ त्यसले कसैलाई खुशी दिन सक्दैन ।
दुःख के हो ? यसबाट कसरी टाढा हुने ?
दुःख भनेको हिजोको कुरा सम्झेर र भोलि के होला भन्ने डरले नै आउने हो । उदाहरणका लागि राम्रो फिल्म हेर्दा मज्जा आउँछ भन्ने हुँदैन । जब फिल्म हेर्न गइन्छ, राम्रो भनिएको फिल्ममा हाम्रो ध्यान ट्याक्कै अडिन्छ, त्यतिबेला हामी विगतमा जादैनौँ ,भविष्यमा पनि जादैनौँ, त्यो आनन्द हाम्रो आफ्नै आनन्द हो, फिल्मले दिएको होइन ।
खुसी के हो ?
दुःखजस्तै खुसी भनेको पनि भावना हो । खुसी हुँदा दिमागबाट एकप्रकारको तत्व निस्कन्छ । त्यही तत्व खुलेर र दिमागमा भएका विभिन्न हर्मोन्स, न्युुरोट्रान्समिटरहरु खुल्यो भने खुसी हुने हो । कसैले गरेर खुसी या दुःखी हुने होइन । दिमागमा हुुने केमिकलले गर्दा नै हुने हो  । यसले गर्दा खुसी या दुःखी भन्नु केवल बाहना मात्र हो । खुसी या दुःखको केमिकललाई के कुराले निर्देशन दिन्छ भन्ने कुरा पनि उत्तिकै महत्वपूर्ण छ । यसलाई मुलभूत रुपमा बुझाइले प्रभाव पार्छ । विशेषगरि सकारात्मक र नकारात्मक बुझाइले मष्तिस्कका ती तत्वलाई उजागर गराउने काम गर्छन् ।

रिस के हो ? कसरी शान्त पार्ने ? 
रिस उठ्दा रिस के हो बुुझ्नुपर्छ । रिस कम गर्न बुझाइ चाहिन्छ । टिप्स होइन । टिप्सले दीर्घकालीन रुपमा समस्या हल गर्दैन । रिसबाट तत्काल बाहिर आउने तरिका भनेकै स्वासलाई स्लो डाउन गर्ने । रिस भनेको बलियो नकारात्मक बुझाइ हो । यो बुझाइले नै रिसलाई निम्त्याउँछ । उदाहरणको लागि, हिन्दुलाई गाइ खाने भन्दा रिस आउँछ, मुसलमानलाई सुंगुर खाने भन्दा । किनभने यो खायो भने पाप लाग्छ भने उनीहरुको आफ्नो आफ्नै बुझाइ छ । त्यसकारण जबसम्म आफ्नो बुझाइलाई बुुझ्न सकिदैंन तबसम्म रिस साम्य पार्न सकिदैैंन ।