प्रचण्डकी नातिनीसँग राजेश

मनाेरञ्जन माेडल समाचार

नायक राजेश हमाल नयाँ फिल्मको पर्दामा नदेखिएको धेरै भयो। कोरोनाको माहामारीबीच उनी केही म्युजिक भिडियोमा देखिन थालेका छन्। नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनी स्मीता दाहालले गाएको एउटा गीतमा राजेश हमालले उनैसँग रोमान्स गरेका छन्।

स्मीता नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी हुन। उनी आफैंले गाएको गीतको म्युजिक भिडियोमा महानायक हमालको जोडी भएर देखिएकी हुन्। मालिङ्गो बालेको यो गीतमा स्मीता र राजनराज शिवाकोटीको स्वर रहेको छ। भिडियोमा राजेश हमाल पत्रिका पुर्याउने ‘हकर’को भूमिका देखिएका छन्।

भिडियोले बलात्कार हुनबाट जोगिएकी किशोरीको कथालाई देखाएको छ। सुनिता नेपाल सुवेदीको शब्द रहेको गीतमा राजनराज शिवाकोटीको संगीत, उदयराज पौडेलको एरेन्ज, श्यामस्वेत रसाइलीको मिक्सिङ छ भने सम्पादन भुपेन्द्र अधिकारी तथा कलर रेनिस फागोको रहेको छ।