अश्लील फिल्म सुटिङ गरेको भन्दै पुनम पाण्डेविरुद्ध उजुरी

समाचार

पूनम पाण्डे, जो आफ्नो विवादको कारण चर्चामा थिइन् अहिले एकपटक फेरि विवादास्पद बनेकी छिन्। लकडाउन उल्लंघन गरेको आरोपमा उनी पक्राऊ परेका छिन ।

मुम्बई पुलिसले उनलाई लकडाउन उल्लंघन गरेको आरोपमा पक्राउ गरेको छ। उनको विरुद्ध पुलिसले मुद्दा पनि दर्ता गरेको छ। पुलिसले उनको प्रेमी साम अहमदलाई पनि पक्राउ गरेको छ। एफआइआरमा ती अज्ञात व्यक्तिले बलिउड अभिनेत्री पुनम पाण्डेको अश्लील फिल्म सुटिङ गरिरहेको उजुरीमा उल्लेख छ । समाचार एजेन्सी एएनआइका अनुसार पुलिसले मुद्दा दर्ता गरेको छ र कारवाही अगाडि बढाएको छ ।

पुनम पाण्डेले केही महिनाअघि मात्र ब्वाइफ्रेण्ड साम बाम्बेसँग बिहे गरेकी थिइन् । बिहेको २ महिनापछि नै उनीहरुको आपसी विवादपछि साम बाम्बेलाई पुलिसले पक्राउ गरेको थियो । पछि पुनमले आफ्नो उजुरी फिर्ता लिएपछि सामलाई धरौटीमा छाडिएको थियो । उनहिरुको झगडामा कुटपिट नै भएको पुनमले दावी गरेकी थियन् र त्यो घटना पनि गोवामै भएको थियो । पछिल्लो समय भने पुनम र सामबीच सम्बन्ध सुधार भएको बताइएको छ ।