“अनुभवी पर्यटन व्यवसायीहरु नै बिस्थापित हुने खतरा बढ्दैछ”

Slider उद्योगी मझौला विचार

कोरोना कहरपछि शुरु भएको ५ महिना लामो लकडाउन र निषेधाज्ञा अहिले हटेको छ ।  निषेधाज्ञा हटेपछि टानको कार्यालय पनि खुलेको छ । परिस्थिति सहज भएपछि जुनसुकै बेला पनि व्यसाय सञ्चालन गर्न आफूहरु तयार रहेकोले व्यवसाय नवीकरण देखि डलर सटहि तथा नवीकरणको काम भईरहको छ । त्यस्तै व्यवसायको गत आर्थिक बर्षको कारोबार अडिट पनि भइरहेको छ भने विभाग, बोर्डमा अनिवार्य गर्नुपर्ने सम्पूर्ण नवीकरणका काम भइरहेका छन् । प्रदेश सरकारले पनि व्यवसाय नवीकरणमा कार्तिक मसान्तसम्म कुनै पनि अविलम्ब शुल्क नलिने भएकाले अहिले काम भईरहेको छ । व्यवसायीहरु आफ्नो तर्फ बाट गर्नुपर्ने सबै कामहरु गरिरहेका छन् । उनले थपिन ।

कोभिड-१९ को सङ्क्रमण नियन्त्रणमा आउनेबित्तिकै अथवा कोभिडकैबीचमा पनि पर्यटन व्यवसाय सञ्चालन गर्नलाई टेवा पुर्याउने हेतुले सरकारले यही बर्षको बजेटमा पर्यटन क्षेत्रलाई अती प्राथमिकतामा समावेश गरेको छ । तर सरकारले व्यवसायीहरुलाई लक्ष्यित बनाउने रूपमा ल्याएको राहत प्याकेज ल्यायो भने अपर्याप्त छ, टानको निष्कर्ष रहेको छ । सरकाले यही आर्थिक बर्षको बजेटमार्फत २० अर्बको राहत प्याकेजको घोषणा गरेको छ । त्यसमा १० अर्ब हवाई क्षेत्र र १० अर्ब पर्यटन क्षेत्रमा छुट्याएको छ । पर्यटनमा होटेल, रेष्टुराँँ, ट्रेकिङ, टुर एण्ड ट्राभल, र्याफ्टिङ लगायतको ठूलो क्षेत्रलाई समेट्नुपर्ने भएकाले १० अर्ब अपर्याप्त भएको प्रष्ट छ ।

पर्यटन क्षेत्रसँग सम्बन्धितलाई मात्रै मुल्यांकन गर्दा यो क्षेत्रमा प्रत्यक्ष रूपमा १५ लाख हाराहारीले रोजगारी पाएका थिए । सरकारले थप सहयोग गरे दुई बर्षसम्म व्यवसायीहरु घाटा नखाई अडीन सक्नेछन् । यदि सरकारले यस्तो गर्न सकेन र सहयोगको प्रबन्ध मिलाउन सकेन भने पर्यटन क्षेत्रमै बर्षौँँदेखि रोजगारी पाइरहेका तथा ठुलो संख्यालाई रोजगारी प्रदान गरिरहेका अनुभवी उद्योगि तथा व्यवसायीहरु विस्थापीन हुनेछन् । अहिले पनि आफूलाई यो क्षेत्रमा रहन कठिन भएको भन्दै यस क्षेत्रका कतिपय व्यवसायीहरु अन्य पेशातिर आवद्ध हुन थालेका छन् । अनुभवीहरु विस्थापित भए भने पुरानै अवस्थामा आउन बर्षौँँ लाग्ने निश्चित देखिन्छ ।

त्यो अवस्था आउन नदिनका लागि हरेक पर्यटन व्यवसायीहरुलाई बिना-धितो कम्तिमा ५० लाख सम्मको ऋणको आवश्यक पर्नेछ । टानले समेत यो विषयलाई मौद्रिक नीतिमा राख्न माग गरेको थियो । तर त्यो पुरा भएन ।