व्यवसायीका गुनासा बोकेर मन्त्रीलाई भेट्न पुगे अध्यक्ष कटवाल

Slider अर्थ उद्योगी मझौला समाचार

नेता बन्ने रहर त सबैले गर्छन तर विरलै उद्योगी व्यवसायीले मात्र यस्ता नेता भेट्छन् । टुप्पाबाट पलाएर नेता बनेकाहरु धेरै छन् । तर मोटल कटवाल भुँइबाट खारिएर उठेका व्यवसायीहरु अग्रज हुन् । त्यसैले उनी सदैव आफ्नोभन्दा बढी व्यवसायीहरुको हक हितमा केन्द्रीत रहेर काम गर्दछन् ।
अहिले पनि धेरै उद्योगी व्यापारीहरुको नेता तथा अग्रजहरु लकडाउन र कोरानाको त्रासका कारण घरभित्रै कैद छन् तर मोहन कटवाल कहिले समस्यामा परेका व्यवसायी दिन दुखीहरुका लागि राहत बाढ्न राहतका सामाग्री बोकेर हिडिरहेका छन् तर कहिले लकडाउन कारण व्यवसायीहरु समस्यामा परेको भन्दै दुख बेसाउन र समस्या सुनाउँछन् सम्बन्धित निकायकहाँ धाइरहेका छन् । बिहिबार उनी व्यवसायीहरुको समस्या सुनाउन उनी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई भेट्न पुगे ।

ग्रील तथा स्टिल व्यवसायी महासंघका अध्यक्ष कटवालले मन्त्रीलाई भेटेर  सुझावका साथैं व्यवसायीहरुको समस्याका बारेमा समेत सरकारको ध्यानाकर्षण गराएका हुन् ।

लकडाउनको अवधिमा घरेलु तथा साना उद्योगहरु सञ्चालन गनुपर्ने,श्रमिकहरुलाई कार्य क्षेत्र छोडेर घर जानबाट रोक्नुपर्ने सुझाव दिएका छन् ।
झण्डै ४० दिनदेखि लकडाउन हुँदा ग्रील तथा स्टिल व्यवसायमा आश्रित १ लाख ६० हजार व्यक्तिदेखि झण्डै ११ हजार ग्रील तथा स्टील उद्योग व्यवसायीहरु संकटमा परेको जानकारी गराउँदै सो वस्तुस्थितिलाई विचार गर्न र सुरक्षित तवरले काम गर्ने वातावरण मिलाउन सरकारसँगमाग गरेका हुन् । व्यवसायीहरुले ग्रील तथा स्टिल व्यवसाय सञ्चालनका लागि आवश्यक पर्ने कच्चा पदार्थ तथा तयारी वस्तु आपुर्ति एवं र सहज आवागमनको लागि महासंघका अध्यक्ष मोहन कटुवालले आग्रह गरे ।

यस्तो छ महासंघले मन्त्रीलाई बुझाएको ध्यानाकर्षण पत्रः

चीनबाट शुरुभई बिश्वब्यापी रुपमा फैलिएको कोभिड १९ ले बिश्वका २१० भन्दा बढी मुलुकहरुलाई नराम्रो संग प्रभावित बनाएको छ । लाखौ मानिसहरुको ज्यान गएको छ भने लाखौं मानिसहरु संक्रमित भएका छन् । आज सम्म पनि कोभिड–१९ पूर्ण रुपमा नियन्त्रणमा आईसकेको छैन भने यो रोगको कुनै पनि किसिमको खोप र औषधी नभएको अवस्थामा यो महामारी कति समय सम्म रहिरहने हो भन्ने कुरा यकिन गर्न सकिने अवस्था छैन ।अहिलेको अवस्थामा यस महामारीबाट बच्ने भनेको सोसियल सामाजिक दुरी कायम गर्ने नै हो । यसको अलावा सर्जिकल मास्क प्रयोग गर्ने, आत्मबल बढाउने, भिडभाडमा नजाने र सुरक्षाका विधिहरु अपनाउने हो । यिनै कुरालाई मध्यनजर गरि नेपाल सरकारले २०७६ साल चैत्र ११ गते देशभरि लकडाउन घोषणा गरि कार्यान्वयनमा ल्याउँदा देशभरि सञ्चालित सम्पुर्ण उद्योग, व्यापार, पेशा, व्यवसाय पूर्ण रुपमा बन्द अवस्थामा छन् ।कोभिड–१९ले विश्वको अर्थतन्त्रमा ठूलो असर परिरहेको अवस्थामा नेपाल पनि त्यसबाट अछुतो रहन सकेन । कोभिड–१९ को कारण देशको अर्थतन्त्रमा धेरै नराम्रो असर परेको छ भने उद्योग व्यापार एवं व्यवसाय संकटमा पर्न थालिसकेका छन् । उद्योग व्यवसाय बन्द हुँदा त्यसमा संलग्न श्रमिकहरुको रोजगारी गुमेर ठुलो संकटमा परेका छन् भने दैनिक रुपमा ज्यालादारी गरी कमाई खाने बर्ग सबैभन्दा बढी प्रभावित भई भोकभोकै बस्नुपर्ने अवस्था श्रृजना भएको छ । साना उद्योगीहरु स्वयं नै संकटमा पर्न थालिरहेको अवस्थामा श्रमिकहरुलाई आधा महिनाको तलब समेत दिन नसक्ने अवस्थामा छन् । कोभिड–१९ को बारेमा जनताले राम्रो सँग बुझिसकेका छन् भने लकडाउन अरुका लागि नभई आफ्नै सुरक्षाको लागि हो भन्ने ज्ञान भएको हुँदा सरकारले सम्पुर्ण संयन्त्रको प्रयोग गरि कोरोना संक्रमणको परिक्षणलाई तिब्रता दिएर लकडाउन खुकुलो पार्दै जाने तर्फ अग्रसर हुनुपर्छ ।
नेपालसँग जोडिएको खुला सिमाना भएको छिमेकी मुलुक भारतमा कोरोनाको प्रकोप दिनानुदिन बढिरहेको र नेपालमा पनि संक्रमितको संख्या बढिरहेको अवस्थामा सबै ठाउँमा एकैचोटी लकडाउन खोलेर कोरोना भाईरस महामारीबाट हुने क्षतिको जोखिम ब्यहोर्ने अवस्था नरहेको हुँदा संक्रमण नदेखिएको कम जोखिम भएको स्थानमा क्रमश ग्रील लगायत लघु घेलु तथा साना उद्योगहरु सचालन गरि लकडाउनका कारण कार्यस्थल क्षेत्रमै रहेका तर लकडाउनको समयावधी थपिँदै जादा श्रमिकहरु आफ्नो घर जान खोजिरहेका हुँदा उनीहरुलाई रोकेर सुरक्षाका विधीहरु (सामाजिक दुरी, सेनिटाईनर, सर्जिकल माक्सको प्रयोग गरि) अपनाएर ग्रील उद्योग र लघु घरेलु तथा साना उद्योग सञ्चालन गर्न दिने व्यवस्था मिलाउन माननीय मन्त्री ज्युमा हार्दिक आग्रह गर्दछौं ।
ग्रील उद्योगी र अन्य लघु घरेलु तथा साना उद्योगीहरु धेरै रोजगारी दिने अधिकाशं स्वरोजगार र परिवारबाट सञ्चालन भएको स्थानिय स्तरमै पाईने कच्चा पदार्थहरु प्रयोग गरि उद्योग सञ्चालन हुन सक्ने हुँदा तस्ता उद्योगहरु क्रमशः सञ्चालन गर्दै जाँदा रोजगारी श्रृजना हुने अत्यावश्यक बस्तुहरु उत्पादन भई आपुर्तिमा सहजता आउने हुनाले त्यस्ता उद्योगहरु क्रमश सञ्चालन गर्न व्यवस्था मिलाउन हार्दिक आग्रह गर्दछौं ।
साथै लकडाउनका कारण उद्योगहरु बन्द हुँदा आर्थिक कारोबार बन्द भएको कर्मचारीको तलब भुक्तानी, घरभाडा, विद्युतको न्युनतम शुल्क, बैंक तथा बित्तीय संस्थाको किस्ता र ब्याज, सरकारी राजस्व बुझाउने लगायतका निम्ति पुँजीको अभाव हुने भएको र साना उद्यमीहरुले यथेष्ट मात्रामा कच्चा पदार्थ सञ्चित गरीराख्न नसक्ने हुनाले उद्योग व्यवसाय सुचारु रुपले सञ्चालन गर्न सहुलियत ब्याज दरमा पुनकर्जा तथा ब्यावसायीक कर्जा उपलब्ध गराउन र लकडाउन अवधिमा बैंक तथा बित्तिय संस्थालाई बुझाउनुपर्ने सावा ब्याज बापतको रकम लकडाउन खुलेको ६ महिना भित्र बुझाउने ब्यवस्था मिलाउन समेत आग्रह गर्दछौं ।पुर्वाधारको पनि पुर्वाधार विकासमा नभइनहुने १ लाख ६० हजारलाई रोजगारी दिँदै आईरहेको देशभरि सञ्चालित ११ हजार ग्रील तथा स्टील उद्योग व्यवसायलाई आवश्यक पर्ने कच्चा पदार्थ ल्याउन र तयारी वस्तु उपभोक्ता सम्म पु¥याउन, कर्मचारीहरुलाई सुरक्षित किसिमले काममा आउने जाने व्यवस्था समेत मिलाई दिनुहुन हार्दिक आग्रह गर्दछौं । माननीय मन्त्री ज्यु कोभिड १९ को प्रकोपबाट बच्नु र बचाउनु हामी सबैको जिम्मेवारी र दायित्व भएकोले ग्रील तथा स्टील उद्योग व्यवसायी महासंघ नेपाल आफ्ना सदस्य उद्योगीहरुलाई सुरक्षित किसिमले उद्योग सञ्चालन गराउने काममा जिम्मेवार भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्दछौं