सुरक्षाको नाममा प्रहरीको ज्यादती, सुर्खेत प्रहरीले च्यात्यो स्वास्थ्यकर्मीको परिचयपत्र !

समाचार

लकडाउनका बेला प्रहरी ज्यादतीका घटना बढ्दै गएका छन्। लकडाउन शुुुुरुहुँदा वाहिर निस्कनेलाई सम्झाउने गर्दै आएको प्रहरी बुधबारदेखि उग्र देखिन थालेका छन्। ज्यादतीका घटना एक्ककासी बढेको छ। बुधबार बेलुका मात्र त्रिवि शिक्षण अस्पतालका डाक्टर पिटेको प्रहरीले बिहीबार बिहानै धरानका स्वास्थ्यकर्मी पिटेको थियो। बिहीबार दिउँसो कलंकीमा अस्पताल गएर फर्किएका नागरिकमाथि लाठी वर्षायो।

साँझ सवा ५ बजेतिर कलंकी चोक र कलंकी मन्दिर बीचमा औषधि किनेर फर्किरहेका तीन जनालाई प्रहरीले लाठी हानेको भिडिओ भाइरल भएको छ।औषधि किनेको भन्दाभन्दै प्रहरीले अभद्र व्यवहार गरेपछि उनीहरूले प्रहरीलाई ‘तपाईंहरूले यस्तो गर्न पाउनुहुन्नु भनेका थिए। २ दिन अगाडिको यो समचार सेलाउन नपाउँदै जिल्ला प्रहरी कार्यालय सुर्खेतका असईले शुक्रवार वीरेन्द्रनगरमा एक स्वास्थ्यकर्मीको परिचयपत्र च्यातेका छन् । लकडाउनमा प्रहरीको ज्यादती

जिल्ला प्रहरी कार्यालय सुर्खेतको ज्यादती विरुद्ध समाचार आइरहेको समयमा सच्चिनुको साटो थप उग्र बनिरहेको पाइएको हो ।पत्रिका वितरक प्रकाश आचार्यमाथि निर्घात कुटपिट गरेको, पसल तोडफोड गरेको तथा अभद्र व्यवहार गरिरहेको समाचार बाहिरिरहेको बेलामा वैशाख पाँच गते मंगलगढी चोकमा स्वास्थ्यकर्मीको परिचयपत्र च्यातिएको छ ।

‘बिहान १० बजे तिर मंगलगढी चोकमा खटिएका असई लोक बहादुर चन्दद्वारा औषधी ब्यबसायी सुस्मिता फार्मेसीका प्रोपराइटर बालकृष्ण बुढाको नेपाल औषधी ब्यबसायी संघ सुर्खेतद्वारा जारी परिचय पत्रलाई माथिको आदेश छ भन्दै च्यातिएको छ,’ संघ सुर्खेतका अध्यक्ष रणबहादुर खड्काले भने, ‘यस्तो गैर जिम्मेवार हर्कत प्रति संघ घोर आपत्ती प्रकट गर्दछ । साथै असई लोकबहादुर चन्द माथि उचित कारबाही को माग गर्दछौं ।