दोस्रो कोरोना संक्रमित युवती पूर्ण स्वस्थ भई २७ दिनपछि घर फर्किईन्

समाचार

कोरोना भाइरस संक्रमित प्रसिद्धि श्रेष्ठ २७ दिनपछि कोरोना जितेर टेकु अस्पतालबाट डिस्चार्ज भएकी छिन् । उनी चैत ४ गते फ्रान्सबाट नेपाल फर्किएकी थिइन् । टेकुस्थित शुक्रराज सरुवा रोग अस्पतालमा उपचाररत् १९ वर्षीया सम्वृद्धी २७ दिनपछि आज डिस्चार्ज भएकी हुन्।

उनी ४ चैतमा फ्रान्सबाट नेपाल फर्किएकी थिइन् ।उनलाई आज बिहान डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ।यसअघि नेपालमा पहिलोपटक २३ जनवरीमा कोभिड १९ पुष्टि भएका अर्का व्यक्ति पनि उपचारपछि निको भएर घर फर्किएका छन्।

अहिलेसम्म काठमाडौं, धादिङ, चितवन, बाग्लुङ, कैलाली, कञ्चनपुर, पर्सा, रौतहट र उदयपुरमा गरी ३० जनामा कोभिड १९ संक्रमण देखिएको छ । कोभिड( १९ पुष्टि भएका ३० जनामध्ये दुईजना निको भएका हुन्। यसअघि चीनबाट आएका एक नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । उनी पनि उपचारपछि घर फर्किएका थिए । योसँगै नेपालमा कोरोना भाइरस संक्रमित ३० जनामध्ये दुई जना निको भएर घर फर्किएका छन् ।

हिजो मात्र नेपालमा एकैपल्ट १४ जना संक्रमित देखिएका थिए । यता बाङलुङकी संक्रमित ६५ वर्षीया महिला पनि डिस्चार्ज हुँदैछिन् । उनी अन्तिम रिपोर्ट पर्खेर बसेकी छन् । यस्तै बाङलुङकी अर्की एक युवतीको पनि स्वाथ्यमा उल्लेख्य सुधार भइरहेको धवलागिरी अस्पतालले जनाएको छ ।