नेपाल प्रहरीले भन्याे- ‘प्रहरी कर्मचारीबाट दुर्व्यवहार भए तत्काल फोन गर्नुस्’

समाचार

केही प्रहरी कर्मचारीबाट भएका दुर्व्यवहारका घटनाप्रति प्रहरी प्रधान कार्यालयको गम्भिर ध्यानाकर्षन भएको जनाएको छ ।
कोरोना भाइरसका कारण उत्पन्न विषम परिस्थितिमा घोषणा गरिएको देशव्यापी लकडाउनलाई पालना गराउदै संक्रमणको जोखिमबाट नागरिकलाई बचाउने क्रममा केही प्रहरी कर्मचारीबाट भएका दुर्व्यवहारका घटनाप्रति ध्यानाकर्षन भएको र घटनामा संलग्न उपर छानबिन भइरहेको नेपाल प्रहरीले जानकारी दिएको हो ।

प्रहरीले अहिलेको प्रतिकूल परिस्थितिको गाम्भीर्यतालाई आत्मसात् गरेर प्रहरी कार्यमा सहयोग गरिदिन पनि सर्वसाधरण सबैमा आग्रह गरेको छ। प्रहरी कर्मचारीबाट कुनै दुर्व्यवहारका घटना भएमा तत्काल निःशुल्क फोन १००, ११३३, प्रहरी परिचालक कक्षको फोन नम्बर ०१४४१२७८०, ९८५१२८३२७३, उजुरी छानबिन शाखाको ९८५१२९३००० र केन्द्रीय प्रहरी प्रवक्ताको ९८५१२९२१११ मा सम्पर्क गर्न अनुरोध पनि गरेको छ।