ग्रील तथा स्टील व्यवसायीको छैटौं साधारणसभा सम्पन्न

अर्थ

ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौ पूर्वी क्षेत्रीय समितिको छैटौं साधारण सभा शनिबार सम्पन्न भएको छ । उक्त कार्यक्रमको उद्घाटन प्रदेश ३ का उद्योग, वन तथा वातावरणमन्त्री अरुण नेपालले गरेका हुन् । मन्त्री नेपालले उद्घाटन गर्दै ग्रील तथा स्टील व्यवसायीहरुका जायज मागहरु पूरा गर्न र ग्रील उध्योगलाइ सहज किसिमले दर्ता गराउने काममा प्रदेश सरकारले आवश्यक पहल गर्ने बताएका छन् ।

केन्द्रिय महासंघका अध्यक्ष मोहन कटुवालले १लाख ६० हजार जना दक्ष र अर्ध दक्ष जनशक्तीलाई रोजगारी दिदै वार्षिक ५० अर्ब भन्दा बढिको ग्रील जन्य सामाग्रीहरु तयार गरि सेवा प्रदान गर्दै आइरहेको ग्रील तथा स्टील ब्यवसाय सरकारको स्पस्ट नितिको अभाबका कारण अधिकाश ग्रील उद्योगीहरु चाहेर पनि कानुनी दायरामा आउन नस्कदा ब्यवासाय ब्यवस्थित हुन नसकेको बताए । उनले भने, ‘सरकारले घोषणा गरेको सामाजिक सुरक्षाकोषमा जान समेत बाधा परेको हो ।’ उनले भौतिक पुर्वाधारको पनि पुर्वाधार बिकासमा नभै नहुने ग्रील तथा स्टील व्यवसाय काठको बिकल्पको रुपमा देखिएको हुदा यसले बनजङल बिनासकम गर्न मदत पुगि बातावरणलाई सन्तुलन राख्न सहयोग पुगेको हुदा यस्को महत्त्व अझ बढेको बताए ।

अधिकांश श्रमीकहरुलाइ सामाजिक सुरक्षाकोशको बारेमा जानकारी नभयेकोले श्रमिकहरु स्वस्फूर्त सामाजिक सुरक्षा कोषमा जान नचाहेको कारण सचेतना कार्यक्रमलाइ व्यापक रुपमा सचालन गर्ने र साना उद्योगीहरुलाइ सरकारले शुरुमा केही अनुदान दिएर सामाजिक सुरक्षाकोसमा जान सक्ने बातावरण बनाउनु पर्ने माग राखे।

साथै, यस व्यवसायमा नयाँ प्रविधि भित्र्याएर उत्पादकत्व बढाउन सकिने हुदा त्यस तर्फ लाग्न व्यवसायीहरुलाई आग्रह गर्दै अधिकांश श्रमिकहरुलाई सामाजिक सुरक्षाकोषको बारेमा जानकारी नभएकाले श्रमिकहरु स्वस्फूर्त सामाजिक सुरक्षाकोषमा जान नचाहेको कारण सचेतना कार्यक्रमलाई व्यापक रुपमा सचालन गर्ने जानकारी दिए ।

यसका साथै साना उद्योगीहरुलाई सरकारले शुरुमा केही अनुदान दिएर सामाजिक सुरक्षाकोषमा जान सक्ने वातावरण बनाउनु पर्ने बताएका छन्। पूर्वी क्षेत्रीय अध्यक्ष रोहित श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त साधारण सभामा रक्तदान गर्ने व्यवसायीहरुलाई अध्यक्ष कटुवालले प्रमाण पत्र प्रदान गरेका थिए ।