भ्रमण बर्ष २०२० ले नेपाललाई विश्व सामु चिनाउने मौका दिनेछ

अन्तरवार्ता प्रदेश ३ विचार

टुप्पाबाट पलाएकाहरुको उदय जसरी हुन्छ ती उसैगरी अस्ताउँछन् । चाहे उद्योगको क्षेत्र होस वा अन्य । दिगो त ती हुन्छन् जो फेदैबाट पलाएका हुन्छन् । हाम्रा समाजमा अचेल प्रशष्त भेटिन थालेका छन् टुप्पाबाट पलाएकाहरु । तर तेम्बा लामाको विगत कहालीलाग्दो छ । आज उनी जुन उचाईमा छन् त्यहाँबाट तल फर्केर हेर्दा कम्ति कहालीलाग्दो छैन उनको विगत । जीवनमा एउटै कुरालाई मूलमन्त्र बनाए र अगाडि बढिरहे कर्मपथमा । कर्मलाई कहिल्यै सानो ठानेनन् । बरु माने पूजा,ठानें ईश्वर । त्यही कारण त आज उनको परिचय फेरिएको छ ।

हिजोको संघर्षको भट्टीमा खारिएर,दुखको आरनमा अर्चापिएर स्पातिलो बनेका उद्यमी हुन तेम्बा । नेपालको पर्यटन क्षेत्रमा चिरपरिचित नाम हो । आजभन्दा साढे दुई दशकदेखि अगाडिदेखि उनी निरन्तर पर्यटन क्षेत्रमै सक्रिय छन् । ५१ सालदेखि उनी होमिए पर्यटन क्षेत्रमा । ०५१ मै ट्रेकिङमा पोर्टरका रुपमा प्रवेश गरेका हुन् । उनलाई पर्यटन क्षेत्रले यसरी मोहनी लगायो । यो क्षेत्र छाडेर अन्त जानै सकेनन् र सक्दैनन् पनि । यी २५ बर्षको अथक संघर्षबाट जन्मिएको नाम्लाङ इको टुरिजमका र सनराइज गेस्ट हाउस । यी दुबैका सञ्चालक हुन तेम्बा । उनले ५५ सालमा राजधानीको बौद्धमा नाम्लाङ इको टुरिजम सञ्चालनमा ल्याएका हुन् । बाबु दावा लामा र आमा स्व.रिक्ची लामाको कोखबाट २० मंसिर ०३५ मा रसुवाबको लाङटाङमा जन्मिएका उनको परिवारको आर्थिक स्थिति सामान्य थियो । हाल व्यवसाय र समाजसेवामा समर्पित लामाका दुःखका पहाडहरु कहालीलाग्दा छन् ।

अनेकै हण्डर र ठक्कर खाएर सफल व्यवसायी बनेका उनले उनी यती मात्र नभएर रसुवागढी समाजका सचिव, रसुवा–नुवाकोट पर्यटन समाजका कोषाध्यक्ष । यसका साथै २०७२ सालको भूकम्प पछि उनले थप जिम्मेवारी पनि वहन गरेका थिए लाङटाङ पुन निमार्ण व्यवस्थापन समितीका अध्यक्ष पनि हुन् । जसको कारणले हाल लाङटाङको मुहार नै परिवर्तन भएको छ । नेपालको सुन्दर जिल्लाको रुपमा प्रख्यात मानिन्छ रसुवा जिल्ला । जो देशकै तेश्रो पर्यटकीय गन्तव्यको रुपमा समेत परिचित छ । यसै कारणले हाल नयाँ र सविधायुक्त होटलहरु बनेका छन् । अहिले दैनिक २५० देखि ३०० जना सम्म अट्ने होटेल रहेका छन् ।यहाँका प्राकृतिक सम्पदा, आँखा अगाडी नै कुम मिलाएर लस्करै बसेका सेता हिमाल जस्तै स्गणेश हिमाल, लाङटाङ हिमाल, लिरुङ हिमाल, यालापिक, लाङसिसा, स्याङजेन खर्क आदि यस प्रदेशका प्रमुख चुचुराहरू हुन् । हिउँद याममा बारम्बार हिमपात हुने र बाँकी समयमा प्रायः ठण्डा हावापानी पाइने यस प्रदेशमा गोसाइँकुण्ड, लाङटाङ क्यान्जिन, घोडातबेला, लौरीविनायक, चन्दनबारी, सोमदाङ, माङ्गचेत, तातोपानी, पार्वतीकुण्ड, सूर्यकुण्ड आदि पर्यटकीय स्थलहरू रहेका छन् । यहि भौगोलिक विशेषताका कारणले लाखौं स्वदेशी तथा विदेशी पर्यटकहरुको मन जितेको छ । रसुवाको यो सौन्दर्यता मुलुकमा मात्रै नभई विश्वमै परिचित छ ।जनसंख्याको हिसावले अन्य जिल्लाहरुको तुलनामा रसुवा सानो जिल्ला हो । आज रसुवाले राष्ट्रको मात्रै नभई विश्वमै नेपालको नाम राखेको छ । सात समुन्द्रपारिका विदेशी पर्यटकहरुको उत्कृष्ट गन्तब्य मानिएको लाङटाङ पदमार्ग पनि यही रसुवामा भएकोले मुलुकको पर्यटन प्रवद्र्धनमा ठूलो टेवा मिलेको छ । रसुवा भूस्वर्ग भएपनि यस क्षेत्रको नयाँ नयाँ टे«किङ रुटहरु ल्याउन सकेमा अझ स्वर्ग जस्तै हुने थियो ।सरकारले सन् २०२० लाई नेपाल पर्यटन वर्ष मनाउँदै गर्दा लामो समयदेखि नेपालको पर्यटन क्षेत्रसँग लडिबुडी गरेका उनीसँग भ्रमण बर्ष,नेपालको पर्यटन क्षेत्रको वर्तमान अबस्था,रसुवामा पर्यटनको सोचेजति विकास नहुनुका कारण लगायतका बिषयबस्तुमा केन्द्रीत रहि उद्यमीकर्मी महेश्वर गजुरेलले केही कुरा खोतल्ने प्रयास गरेका छन्

 

० भ्रमण वर्ष २०२० सफल बनाउन के कस्ता चुनौती र अवसर छन् ?
नेपाल भ्रमण बर्ष, २०२० सफल बनाउन चुनौतीको विषयमा कुरा गर्नुपर्दा सबैभन्दा मुख्य पक्ष भनेकै समय अभाव रहेको छ । नेपाल जस्तो अविकसिल राष्ट्रको लागि बाँकी समय पनि अपर्याप्त देखिन्छ । साथै, जुन तह तप्काबाट यसको बजारीकरण र प्रवद्र्धन हुनुपर्ने हो सोको प्रभावकारी ढंगबाट कार्यान्वयन हुन नसक्नु आफैंमा चुनौती रहेको छ । यस्तै गरी अवसरहरुको कुरा गर्नुपर्दा, नेपाल भ्रमण बर्ष २०२० ले नेपाललाई विश्व सामु चिनाउने मौका दिनेछ भन्ने विश्वास लिएका छौं ।

विशेषगरी पर्यटकीय क्षेत्रको मूख्य गन्तव्य भनेर चिनिएका चितवन, पोखरा, लुम्बिनी जस्ता स्थानहरु मात्र नभई नेपालमा अन्य थुप्रै मनमोहक, रमणीय तथा आकर्षक क्षेत्रहरु पहिचान गरी अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गराई सो क्षेत्रको प्रवद्र्धन गर्न सकिन्छ । यसका साथसाथै पर्यटकहरु विश्वका धेरै स्थानमा घुम्न रमाउनुको अर्को पाटो भनेकै त्यस क्षेत्रको स्थानीय अथवा रैथाने खानाको स्वाद चाख्न नै रहेको देखिन्छ । यस कार्यलाई बढावा दिन मुलुकको सातै प्रदेशको पहिचानस्वरुप रहेको स्थानीय खानाको अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गरी मुलुकलाई नै सांसारभर चिनाउन मद्दत पुग्ने मैले ठानेको छु । मुख्यतः नेपालको आर्थिक पक्ष सबल र सक्षम बनाउन नेपाल भ्रमण बर्ष २०२० ले महत्वपूर्ण भुमिका खेल्न सक्छ । तर यसका लागि आवश्यक पूर्वाधार, प्रचारप्रसार तथा तयारीका लागि आवश्यक कदम चालिनु अपरिहार्य रहेको छ ।

०  २०२० मा २० लाख पर्यटक कसरी सम्भव छ ?

सरकारले २०२० मा २० लाख पर्यटक ल्याउने योजना सार्वजनिक गर्नु समग्र पर्यटन क्षेत्रका लागि खुसीको कुरा हो । पर्यटन क्षेत्र देशको आर्थिक विकासका लागि टेवा दिन सक्ने महत्वपूर्ण क्षेत्र हो भन्दै गर्दा यो क्षेत्रमा भएका सम्भावना पनि खोज्नु जरुरी छ । जति सम्भावना पर्यटन क्षेत्रमा छन्, हामीले त्यसलाई लिन सकेका छैनौँ । पहिलो त हामीसँग पूर्वाधारका सवालमा धेरै कमी–कमजोरी छन् । अप्ठ्यारो परिस्थिति नै भए पनि कम्तीमा लक्ष्य लिएर अगाडि बढ्दा थोरै भए पनि प्रगति हात पर्छ । पूर्वाधारको पर्याप्त विकास गर्ने हो भने नेपालजस्तो देशका लागि २० लाख पर्यटक भित्र्याउन एक वर्षको समय पनि कुर्नु पर्दैन । पर्यटकले पहिलो पटक पाइला टेक्ने अन्तर्राष्ट्रिय विमानस्थलबाटै सुधार गर्नु जरुरी छ ।

भ्रमण वर्ष मनाउने त सरकारको लक्ष्य छँदैछ, तर गुणस्तरीय पर्यटक ल्याएर राष्ट्रको आम्दानी वृद्धि र विदेशी मुद्रा कति आर्जन भयो त्यसतर्फ सरकारको ध्यान केन्द्रित हुनु जरुरी छ । अर्कातिर भने वर्षभरि नै पर्यटक ल्याउन सकिएको छैन । संख्या वृद्धि गर्नु मात्र ठूलो कुरा होइन । पर्यटक ल्याएर पर्यटकबाट आउने आम्दानीले राजस्वमा वृद्धि हुनु महत्वपूर्ण कुरा हो । नेपाल आउने सबै विदेशी नागरिकलाई पर्यटक नै मान्ने कि पर्यटकीय गतिविधिमा संलग्न पर्यटकलाई पर्यटक मान्ने रु यसमा पनि बहस हुनु जरुरी छ । यस विषयमा सरकोकारवाला निकायले ध्यान दिनु जरुरी छ । पर्यटकीय सिजनबाहेकका महिनामा पनि पर्यटक ल्याउने वातावरण सरकारले विकास गर्नुपर्छ । पर्यटकलाई इन्गेज गर्ने गन्तव्यहरूको विकास पनि सरकारले गर्दै लानुपर्छ । हाल सीमित रहेका पर्यटकीय गन्तव्यलाई विभिन्न पर्यटकीय गतिविधि बढाउने अवधारणा विकास गरेर पर्यटकीय गन्तव्य विकास गर्नुपर्छ । पर्यटकीय गन्तव्यमा जानका लागि सहज वातावरण छैन । सडक सुधार भएको छैन । जोमसोम, नगरकोटलगायतका क्षेत्रमा पर्यटक जानका लागि समस्या छन् । काठमाडौंभित्र धूलो व्याप्त छ । सडक विस्तार गरी पर्यटकका लागि यात्रा सहजीकरण गर्नुपर्छ । यसरी सरकारले दीर्घकालीन सोच, नीति योजना खाकासहित गुणस्तरीय पर्यटक भित्र्याउने योजना अगाडि सार्नुपर्ने देखिन्छ । थोरै आए पनि गुणस्तरीय पर्यटक ल्याउन सकेको खण्डमा राष्ट्र र पर्यटक उद्योगलाई टेवा पुग्ने देखिन्छ । नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउनका लागि नेपाल वायुसेवा निगमलाई बलियो बनाउनुपर्छ, जसले गर्दा दुई देशबीच सिधा हवाई मार्गले जोड्छ भने टिकट पनि सस्तो भएर पर्यटकको आगमनमा उल्लेख्य वृद्धि हुन्छ । आधुनिक प्रचार प्रसारको माध्यम ९डिजिटल० को प्रयोग गरेर नेपालमा पर्यटक आउने सम्भाव्यता भएका मुलुकहरूमा सरकारले प्रचार–प्रसारमा जोड दिनुपर्छ । धेरैभन्दा धेरै प्रचार–प्रसार गरी नेपालका पर्यटकीय गन्तव्यहरूलाई पर्यटनमैत्री बनाउनुपर्छ ।

 

० पर्यटन क्षेत्रको द्रुत विकास गर्नका लागि के के आवश्यक छन् ?

मुख्य कुरा सरसफाई हो । पर्यटकहरूले सफा खोज्छन, तर हाम्रो मुलुकको राजधानी शहर पनि फोहोर र दुर्गन्धित छ । हवाइजहाजबाट अवतरण गरेलगत्तै एउटा पर्यटकले यहाँको सरसफाई हेर्छ । तर, यहाँ झर्नासाथ दिक्क हुने अवस्था छ । जताततै कागजका खोस्टाहरू, जथाभावी फोहोरका डंगुहरु फाल्नाले पर्यटकहरुको आगमनमा रोक लागेको भनिरहनु नपर्ला । मुख्यत, फोहोरमैलाले मानव स्वास्थ्यमा पनि असर पार्छ भन्ने वुझनु पर्यो । त्यसमाथि पनि हामीकहाँ फितलो प्रणाली छ, नियम कानुन बन्छन्, पहिले आफैँबाट उल्लंघन हुन्छन् । त्यस्तै, यहाँ स्वतन्त्र रूपमा पर्यटक आफै निश्चित ठाउँ रोजेर बस्न पाएका छैनन् । यहाँ तानातान हुन्छ, त्यस्तो हुनु एकदम नराम्रो हो । ट्याक्सी चालक नै ‘हाम्रो होटलमा जाउँ’ भनेर बाटोबाटो लैजाने प्रथालाई त्यागेर राम्रो स्वागत, सत्कारसहित पर्यटकको दिल खुसी बनाउन सक्नुपर्दछ ।