यी हुन कालोसूचीमा दर्ज भएका तीन कम्पनी

प्रशासन सूचना प्रविधि

सार्वजानिक खरिद अनुगमन कार्यालयले तीन वटा कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले आज एक सूचना प्रकाशन गरी तीन कम्पनीको नाम कालोसूचीमा राखेको हो ।
कार्यालयका अनुसार कालोसूचीमा परेका कम्पनीहरुमा त्रिशुली कन्स्ट्रक्सन कम्पनी प्रा.ली.,श्री श्री ऊँ श्री ऊँ  इन्टरप्राइजेज र श्री यूरेसिया बिजनेश प्रा.लि.रहेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको सार्वजनिक खरिद अनुगमनको कार्यालयले जीत ब, हरि बहादुर तामाङ र राम बहादुर तामाङ्ग सञ्चालक रहेको त्रिशुली कन्स्ट्रक्सनलाई तीन बर्षसम्म,कपिल प्रसाद पौड्याल सञ्चालक रहेको  श्री ऊँ श्री ऊँ इन्टरप्राइजेज, मिनभवनलाई दुई बर्षसम्म र श्री राजन कडरीया यूरेसिया बिजनेश प्रा.लिलाई एक बर्षसम्म कालोसूचीमा राखेको छ । यी कम्पनीहरुसँग आपूर्तिकर्ता तथा निर्माण व्यवसायीहरुले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारवाहीमा भाग लिन नसक्ने व्यहोरा सम्बन्धित सवै सार्वजनिक निकायहरुलाई जानकारी गराइएको सूचनामा उल्लेख छन् ।