कमलालाई सांगितिक तथा शैक्षिक यात्रामा धमला जीवनभरि साथ र सहयोग गर्ने

मनाेरञ्जन

पत्रकार ऋषी धमलाले कमलाको प्रतिभा निकै राम्रो रहेकोले उनको प्रतिभालाई सबैले सम्मान गर्नुपर्ने बताए । उनले भने, ‘कमलाको गलामा अद्भुद क्षमता छ, उनको सांगितिक तथा शैक्षिक यात्रालाई तार्किक निश्कर्षमा पुर्याउनको लागि जीवनभरि साथ र सहयोग गर्ने वचनबद्धता जाहेर गर्न चाहन्छु ।’ धमलाले कमलाको पहिलो गीत अति नै राम्रो बनेको बताए ।

उनले भने,‘कलमाको गीत सबैले रुचाउनुभएको छ, यसलाई माया गर्नुपर्छ। यो गीतलाई तीन करोड नेपालीसामू पुर्याउनको लागि आफूले मिडियामार्फत कुनै कसर बाँकी नराख्नेसमेत धमलाले विश्वास दिलाए। कमलालाई अध्ययनको लागि धमला पत्नी एलिजा गौतमले वार्षिक रुपमा सहयोग गरिरहेकी छिन्।

कलाकार तथा सञ्चारकर्मी कृष्ण कँडेलले कमलाजस्तो प्रतिभा जन्मिदा नेपालको लोक दोहोरी क्षेत्रमा तहल्का मच्चिएको सुनाए । उनले पनि कमलाको प्रतिभालाई सबैले आ–आफ्नो ठाउँबाट सम्मान गर्दै सहयोग गर्न आग्रह गरे । त्यस्तै, उनले संगितबाटनै देशको सीमाको सुरक्षा गर्नुपर्ने बाटाहरु खुल्नुपर्ने बताए। आफू त्यही अभियानमा लागिरहेको पनि उनले सुनाए ।

गीतका प्रस्तुतकर्ता शम्भु कुँवरले उक्त गीतलाई २४ घण्टा नबित्दै बजारमा ल्याएको प्रतिक्रिया दिए । ‘यो गीतलाई दर्शकले अत्यधिक मन पराईदिएको बताए। हामी निकै आभारी छौं । युट्युव च्यालनलमार्फत् उत्साहजनक प्रतिक्रिया आउँदा सिँगे टिम खुशी छ।’ उनले भने।

त्यस्तै कलाकार तथा निर्देशक शंकर बिसीले आफूलाई उक्त गीत तयार पार्नको लागि चूनौति भएको सुनाउँदै समयमै गीत तयार पारेर बजारमा ल्याएको बताए । उनले भने,‘यो गीत तयार गर्न मलाई चूनौति थियो । २४ घण्टामा स्क्रििप्ट तयार पार्न गाह«ो हुन्छ । तर मलाई तीन घण्टाभित्रै भिडियो गर्नुथियो, मैले सबै कलाकार समेटेर अहिलेसम्म कसैले गर्न नसकेको काम गरेर देखाएको छु । यसलाई माया गर्नुहोस् ।’

पहिलो दोहोरी गीत बाट एकाएक भाइरल बनेकी धादिङकी कमला घिमिरेको स्वरमा रहेको उनको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ। कमलाले गाएको पहिलो गीत शुभारम्भ डिजिटल म्युजिक प्रा।ली।को लगानीमा बजारमा आएको हो। कमला घिमिरेसँगै अमृत सापकोटाले उक्त गीतमा आवाज दिएका छन्। सापकोटाले नै कमलालाई मिडियामा ल्याएका थिए।