राज्यको नीतिले काम गर्न नसक्ने बनायो:अध्यक्ष कटुवाल

घरेलु मझौला समाचार

ग्रील तथा स्टिल व्यवसायी संघ अन्र्तगतको कमलपोखरी इकाई कमिटीले आफ्नो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । आईतबार ग्रील तथा स्टिल व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष मोहन कटुवालको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो ।

ग्रील तथा स्टील व्यवसायी संघ, काठमाडौंको वार्षिक साधारण सभामा ग्रील तथा स्टील व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवालले अहिलेकै अवस्थामा रहेर काम गर्ने हो भने सरकारका नीति नियमहरु पालना गर्न नसक्ने बताएका छन् ।

उनले साना लघु घरेलु उद्योगको रुपमा रहेका ग्रील तथा स्टील व्यवसायीहरुले सरकारका नीति नियमको पालना गर्ने हो भने व्यवस्थापनमा समस्या हुने तथा पूँजीको अभाव हुने बताए ।

उनले यो व्यवसायलाई प्रतिस्प्रधि बनाउन प्रविधिको प्रयोग आवश्यक रहेको र सरकारले त्यसमा अनुदान दिनुपर्ने बताए । प्रविधिमा सरकारले अनुदान दिएमा उत्पादन बढ्ने र उत्पादन बढेपछि आम्दानी बढ्ने भएकाले श्रमिकलाई सेवा सुविधा बढाउन र सरकारका नीतिहरु पालना गर्न सकिने बताएका छन् ।
कार्यक्रमका अधिंकाश वक्ताले सरकारले लागु गरेको सामाजिक सुरक्षा योजना लगाएत अन्य सरकारी नीतिहरु व्यवसाय मैत्री नभएको गुनासो गरेका थिए । उनीहरुले उद्योग मैत्री नीति आजको प्रमुख आवश्यकता भएकाले यसतर्फ ध्यान दिन सरकारलाई आग्रह गरेका थिए ।