लगानी डुब्छ भनेर आत्तिनुपर्ने अवस्था छैन : उद्योग मन्त्री भट्ट

उद्योगी ठुला राजनीति

नेपाल आयल निगमको ५०औं वार्षिकोत्वसका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कुनैपनि व्यवसायीहरुले लगानी डुब्छ भनेर आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन् ।

व्यवसायीको लगानी सुरक्षित गर्न सरकारले सहयोग गर्ने भन्दै उनले ढुक्क भएर काम गर्न आग्रह गरे । मन्त्री भट्टले नेपाल आयल निगमलाई कुनैपनि हालतमा निजी क्षेत्रलाई सन्चालनका लागि नदिने पनि स्पस्ट पारे ।

उनले निगमलाई अब जलविद्युत्को क्षेत्रमा लगानी गर्न पनि आग्रह गरे । अमेरिका जस्ता विकसित मुलुकलाई समेत पेट्रोलियम पदार्थको आवश्यकता पर्ने गरेको बताउँदै उनले नेपाललाई चाँहिदैन भन्ने नभएको बताए। पहाडीवस्ती र तराईका केही वस्तीमा अझै पनि विद्युतीकरण हुन नसक्दा अहिले पनि टुकी बाल्नुपरेको प्रशंग उल्लेख गर्दै मन्त्री भट्टले तत्काल पेट्रोलियम पदार्थको विकल्प खोज्न नसकिने बताएका हुन्। आयल निगमले अब आफ्नो बाटो परिवर्तन गरेर मुनाफा लिने ठाउँमा समेत लगानी गर्नेतर्फ छलफल चलाउनुपर्ने उनले बताए।

उद्योगीले लगानी डुब्छ की भनेर चिन्ता गरिहाल्नु पर्ने अवस्था नभएको र निगमले हरेक काममा साझेदार सहयोगी बनाएर अगाडि बढ्ने विश्वास मन्त्री भट्टले दिलाए। निगमको स्वर्ण जयन्तीका अवसरमा कर्मचारीलाई प्रोत्साहनस्वरूप एक महिनाको तलब बराबरको रकम प्रदान गरिएको थियो।