मेलाको आकर्षक बालगायिका कमला

मनाेरञ्जन

 

लाईभ दोहोरी गाएर सानो उमेरमै आफ्नो पहिचान बनाउन सफल बालगायिका कमला घिमिरेका लागि प्रसिद्धि र सफलता यतिबेला चुनौती बनेको छ। ११ वर्षमै लोकदोहोरी मार्फत उनी अहिले ‘सेलिब्रेटी’ जस्तै बनेकी छिन्। त्यही भएर मिडिया, अझ खासगरी युयुव च्यानलहरुको रोजाइमा‘परेकी छिन् ।

पोखरामा जारी राष्ट्रिय औद्योगिक व्यापार मेलामा अरू दिनको तुलनामा बुधबार दर्शकको निकै भीड रह्यो । दर्शक मेलाका किनमेलसँगै बालगायिका कमला घिमिरेको विशेष प्रस्तुति हेर्न आएका थिए । चिया छानेकोसहित विभिन्न गीत कमलाले गाउँदा कार्यक्रमको माहोल नै फरक देखिएको थियो । एकपछि अर्को गर्दै सबै गीतबाट कमलाले दर्शकलाई भरपुर मनोरञ्जन दिइन् ।

उनीसहित आधुनिक÷पपतर्फ विक्रम बराल, प्राप्ति तुलाचन, सरिता सारु मगर, सरस्वती परियार, पूर्ण परियार, रामजी पौडेल, अम्बर धिताल, टेक क्षत्रीलगायत हास्य कलाकार पुर्खे बा ९पुरुषोत्तम भण्डारी०ले बुधबार आफ्नो प्रस्तुतिमार्फत दर्शकलाई मनोरञ्जन दिए ।

आयोजक संघका महासचिव अर्जुन पोखरेलका अनुसार बुधबारसम्म करिब ५० हजारले मेलाको अवलोकन गरेका छन् । यो मेलामा बिहीबार प्रकाश सपूत प्रमुख आकर्षक रहनेछन् ।

पोखरा उद्योग वाणिज्य संघ, नेपाल उद्योग वाणिज्य महासंघ, गण्डकी प्रदेश तथा नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा लगानीको संवद्र्धन उद्योग व्यवसायको प्रवद्र्धन भन्ने उद्घोषसहितको मेला २८ पुससम्म जारी रहनेछ ।