‘नवल खड्का ‘राष्ट्रवादी नायक सम्मान २०७६’ बाट सम्मानित

मनाेरञ्जन

’बुद्ध, सरयू चलचित्र महोत्सव २०७६’ दाङमा भब्य र सभ्य रूपमा प्रदेश नं.५ का माननीय सभामुख पूर्ण ब. घर्तीद्वारा उद्घाटन गर्नु भयो ।

पहल नेपालको आयोजना, नेपाल फिल्म एवम् सांस्कृतिक एकेडेमी काठमाडौं, नेपाल ईण्डिपेण्डेट फिल्म मेकर्स सोसाईटी, काठमाडौं र उदाहरण समूह, नेपालको सहआयोजनामा हुने बुद्ध–सरयू चलचित्र महोत्सव २०७६ को तयारी तिव्र पारिएको हो ।

नेपाल चलचित्रको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका कलाकार, निर्देशक तथा निर्माण र विभिन्न संघसंस्थामा रहेर चलचित्रको लागि काम गरेका ब्यक्तिहरु सहभागी हुने महोत्सवमा महत्वपूर्ण चलचित्रहरुको प्रर्दशन, अन्तर्किया, फोटो प्रर्दशनी, प्रतियोगिता र भ्रमण तथा अवलोकन कार्यक्रम रहेको आयोजक पहल नेपालका अध्यक्ष केएल पीडितले जानकारी दिए ।

उद्घाटक कार्यक्रममा नायक तथा निर्माता नवल खड्कालाई राष्ट्रिय झण्डा ओढाई राष्ट्रवादी नायक, सम्मान २०७६ ले सम्मानित गरेको हो । कार्यक्रममा प्रदेश नं.५का माननीय सभामुख, पूर्ण ब.घर्ती र माननीय सांसदज्यूहरू दामा शर्मा, सरस्वती गौतम, अमर डाँगी, ईन्द्रजित थारू, प्रमुख जिल्ला अधिकारी लगायताका ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो । सम्मानित अन्यमा विभिन्न बिधामा सम्मानित हुनुहुने निर्देशक नवीन सुब्बा, निर्देशक, निर्माता मुनाल घिमिरे, अमृत सुनुवार, बिनोद श्रेष्ठ, अनुप सुवेदी आदि रहेका छन् । मंगलबार उद्घाटन गरिएको महोत्सव ३ दिनसम्म चल्नेछ । कार्यक्रमको सभापतित्व के. एल.‘पिडित’ र प्रमुख अतिथिको रूपमा प्रदेश नं. ५का सभामुख पूर्ण बहादुर घर्तीले गर्नु भएको थियोे ।