मन पराउँछु भन्दै मेरै अघि २ जना केटाले हात काटे

Slider अर्थ बिमा बैंक मझौला मनाेरञ्जन

नेपाल पूंजीबजार लगानीकर्ता संघका अध्यक्ष हुन् राधा पोखरेल । जो एक सक्रिय लगानीकर्ता । उनको अर्काे पनि पहिचान छ शेयर बजारको अलवा नारीको पक्षमा शसक्त कलम चलाउँदै आएकी छिन् । राधा नेपालको इतिहासमा लगानीकर्ता संघको नेतृत्व लिने पहिलो महिला नेतृ हुन्। उनै राधासँग हाम्रो सहकर्मी अञ्जना सुवेदीले केही रमाइलो कुराकानी गरेकी छिन्

१.घुम्न मन लागेको ठाउँ ?

हाँ म जन्मिए । किसाननगर, महोत्तरी ।

२.मन पर्ने खाना ?

गुन्द्रुक र भात

३.कस्तो केटासंग विबाह गर्ने मन छ ?

जसले मलाई बुझोस । मेरो पेशालाई सम्मान गरोस ।

४ चर्चित नायकबाट प्रेम प्रस्ताव आयो भने के गर्नुहुन्छ ?

मेरा लाग प्रिय नायक श्रीकृष्ण श्रेष्ठ हुनुहुन्थ्यो । उहाँ अहिले हामीमाझ हुनुहुन्न । एक पटक उहाँको चलचित्रमा अभिनय गर्नका लागि अवसर पाएको थिए तर परिवारको सपोर्ट मिलेन । त्यसकारण सो चलचित्रमा अभिनय गर्न पाइन् । नायकहरुमध्ये मलाई मनपर्ने श्रीकृष्ण नै हुनुहुन्थ्यो । उहाँहै पूरानो चलचित्र आफन्त धेरै पटक हेरेको छु । त्यो जति मन पर्ने अरु चलचित्र छैन् । कहाँ भेटिएला ? चलचित्र पनि असाध्यै मन पर्दछ । प्राय श्रीकृष्णकै चलचित्र हेर्छु । श्रीकृष्ण अभिनित चलचित्र जति अरु उत्कृष्ठ लाग्छ ।

५ कुन नायिका मन पर्दछ ?
निरुता सिंह ।

६.बस्न मन लागेको ठाउँ ?

काठमाडौं महासागर हो । सबै कुराले अहिलेको लागि काठमाडौं नै ठिक ।

७.मोडलिङको अफर आयो भने ?

अहिले अफरहरु आइरहन्छन् । मिस नेपाल सन् ०११ मा मैले पनि भाग लिएको थिँए । छानिएको पनि हुँ । तर घर परिवारले मलाई त्यो क्षेत्रमा देख्न चाहेन् । उहाँहरुको रुची र इच्छाभन्दा बाहिर जान पनि चाहिन । सम्भवत अब यो व्यवसाय छोडेर त्यो संसारमा जान्न पनि होला ।

८.बुबाआमाले नै खोजेको वा रोजेको केटासंग बिबाह गर्नुे पर्ने अबस्था आयो भने ?

स्वीकार गर्छु ।मेरा लागि जीवित भगवान नै मेरा बुवा आमा हुन् । उहाँहरुको इच्छा विपरित कहिले पनि जान सक्दिन । उहाँहरुको खुसी नै मेरो खुसी हो ।

९.तँपाइले कसैलाई कुट्ने अवसर पाउनु भयो भने कसलाई कुट्नु हुन्छ ?

जो चाँहि बढी नकारात्मक कुराहरु गरिरहेका हुन्छन् । र त्यो कुरा मेरै कानले सुनिरहेकी हुन्छु उसैलाई कुट्छु होला ।

१०. मन पर्ने बस्त्र ?

साडी, चोलो ।

११.सवारी साधन ?

स्कुटि सजिलो लाग्छ ।

१२.तपाईको लभ परेको छ कि छैन ?

सानोमा धेरै विरामी भए । समयसंगै जिम्मेवारीले डोर्यायो । पढाईसँंगै कर्ममा जुटे । त्यसैले होला लभको चक्करतिर ध्यानै गएन् ।

१३.प्रेम प्रस्ताव ?

प्रेम प्रस्ताव त धेरै आए । अहिले पनि थोरै आउँदैनन् । घरमा पनि त्यतिकै आइरहेको हुन्छ । मंसिर लागे पछि त झन गाह्रो हुने । तिमीलाई मन पराउँछु भनेर मेरै अघि दुई जनाले हात काटे (हाँस्दै)

१४.मन पर्ने नेता ?

युवा नेताहरु एकदमै मन पर्छ । सालिन नेता चाहिँ माधवकुमार नेपाल लाग्छ । योगेश भट्टराई गगन थापाहरु पनि एकदमै मन पर्दछन् ।