“पूरानै संरचनामा भर पर्नै हो भने पर्यटनको विकासमा नराम्रो धक्का खानुपर्ने स्थिति आउँनेछ”

Slider उद्योगी पर्यटन मझौला

अहिले हामी नेपाल भ्रमण बर्ष २०२० को पूर्व सन्ध्यामा छौं । र सरकारी लक्ष्य छ भ्रमण बर्षमा २० लाख विदेशी पर्यटक नेपाल भित्राउने । यो महत्वकाक्षी लक्ष्य पूरा होला त ? यी लक्ष्य पूरा गर्नका लागि हामीमाझ के कस्ता चुनौती छन् ? पर्यटन व्यवसायीहरुको तर्फबाट के कस्ता सहयोग रहला ? यी र यस्तै जिज्ञासा राखेर हाम्रा सहकर्मी महेश्वर गजुरेलले टानका सचिव तथा मिसन नेपाल होलिडेज प्रा. लि.का प्रवन्ध निर्देशक दामोदर ढकालसँग केही जिज्ञासा राखेका थिए ।

सम्भावनाको मात्र कुरा गर्ने हो भने असम्भव भन्ने नै के छ र ? तर, फिल्डमा खट्नु त पर्यो । सन् २०२० मा २० लाख विदेशी पर्यटक भित्राएर भ्रमण वर्ष मनाउने लक्ष्य लिइएको छ । यसकारण यो सपना सार पार्नका लागि सरकार पक्ष, त्यस मातहतका सम्बन्धित निकायहरु र निजी निकायबीचमा सहकार्य र समन्वयको खाँचो छ । यद्यपि, जिम्मेवार निकाय सबैले यसतर्फ आफ्नो भूमिका निर्वाह गर्न जरुरी नै छ । त्यसो त सरकारको एउटा अभिन्न अंगका रुपमा हामी टे«किङ एजेन्सीहरु पर्दछौँ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का एजेन्सीहरुको छाता संगठन हो ।
जस्ले साढे १८ सय व्यवसायीलाई छातामुनि राखेर सहकार्य गर्दछ । यद्यपि एजेन्सीका साथीहरुको सहकार्य विना सरकारले चाहेको काम न पूरा गर्न सकिन्छ नसोच्न नै । त्यसकारण हामी सबै साथीहरु मिलेर यो भ्रमण वर्ष सम्पन्न गर्नु त छँदैछ । यसका अलवा पर्यटन क्षेत्रमा कसरी उपलब्धि मूलक काम गरेर गुणात्मक विकास गर्न सकिन्छ भन्ने नै हाम्रो प्रमुख ध्येय हो । र, यो कामको थालनी हामी गर्नेछौँ ।
नयाँ गन्तव्यको खोज
टेर्किङ एजेन्सीका सबै साथीहरुसँग सहकार्य गर्ने हो भने हिजोको दिनमा चार लाख पर्यटक ल्याउनेले दोब्बर पर्यटक भित्राउन सक्ने क्षमता देखिन्छ । तर, संख्यात्मक हिसाबसँगै त्योभन्दा बढी गुणात्मकतामा ध्यान पुर्याउनु प्रमुख कुरा हो । संख्यात्मकसँगै गुणात्मक विकासमा समस्या उत्पन्न हुनाको कारण–पूराना दक्ष जनशक्ति (ओल्ड ट्रेन्ड पावर) । यो जनशक्तिमा दोब्बरले विकासको खाँचो देखिन्छ । र, यो जनशक्तिवृद्धि भएसँगै पर्यटन क्षेत्रमा देखिएका धेरै चुनौतीका सामाधान हुने विश्वाश हामीले लिएका छौं । हामीहरुले अझैं धेरै पर्यटकीय गन्तव्यहरुको खोजी गर्नु पनि छ । नयाँ गन्तव्य नखोज्ने र त्यही पूरानो संरचनाकै पछि लागेर हिडिरहने हो भने हामीले पर्यटन क्षेत्रको विकासमा नराम्रो धक्का खानुपर्ने स्थिति देखिन्छ । त्यसकारण अब नयाँगन्तव्यको खोजी‘क्याम्पेन’ले नेपालको पर्यटन क्षेत्रलाई उचाइमा पु्याउनेछ । र, २०२० जस्ता भ्रमण वर्षहरु सदाबहार हुनेछन् ।
गाँस, बाँस र कपास
टानमा हामी आउनु र ०२० को भ्रमण वर्ष पनि मनाउन लाग्नु एउटा सौभाग्य हो । यस अघिको टानको कार्य समितिले पनि भिजिट नेपाल लगायतका कार्यक्रमहरु सफल रुपमा सम्पन्न गर्यो । जुन कार्यक्रमहरुलाई निरन्तरता दिइने नै छ । साथै आगामी दिनमा हामीले एजेन्सीमा आबद्ध सबै साथीहरुसँग सहकार्य गरेर एउटा एजेन्सीले आठ लाख पर्यटक मुलुकबाट भित्राउने लक्ष्य निर्धारण गर्दैछौँ । यस बाहेकका नयाँ गन्तव्यको खोजीसँगै पर्यटकरुका लागि दिइने खेलहरु (इस्की) पनि सञ्चालन गर्दैछौँ । यस्तै यही बीचमा एसिया पेसिफिक इभेन्टस् कार्यक्रम पनि हुँदैछ । जुन कार्यक्रममा एक हजार पाँच सय विदेशी पर्यटकहरु नेपाल भ्रमणमा आउँदैछन् । यस्ले पनि हाम्रो पर्यटन क्षेत्रमा अतुलनीय योगदान पुर्याउने नै छ । यसरी यस्ता कार्यक्रमहरुले नेपालको भौगोलिक अवस्था बारे पनि राम्रोसँग चिनाउँदछ । पछिल्लो समय नेपालमा विदेशी लगानीमा धेरै होटेलहरु सञ्चालन हुँदै आइरहेका छन् । मेरीयट,अलाफ्ट, सेराकन, हिलटन लगायत थुप्रै होटेहरुले आफ्नो उपस्थिति जनाइरहेका छन् । यसकारण पर्यटकको घुम्ने रुचि त छँदैछ त्योसँगै गाँस, बाँस र कपासको पनि उत्तिकै मात्रामा जोहो हुन जरुरी छ । यसकारण यी तमाम समस्याहरु ननिम्तिउन् भन्ने हिसाबले होटेलहरु विस्तार भइरहेको अवस्था छन् । यीमध्ये केही ठूला होटेलहरु त सञ्चालनमा समेत आइसकेको छन् ।


परामर्श
यी माथि भ्रमण वर्ष २०२० को सन्दर्भमा गन्थनमन्थन गरि रहँदा पहिलो त देशमा भौतिक संरचनाहरुमा परिवर्तनको खाँचो छ । त्यस पछि आर्थिक कर प्रणाली । कुन कुन विषय वा शिर्षकमा कर लगाउने कुनमा न लगाउने भन्ने विषयमा तादम्यता मिल्नु जरुरी छ । हो अहिलेको सन्दर्भमा हेर्ने हो भने पर्यटन क्षेत्र वा व्यवसायमा अथाह समस्याहरु छन् ।अब यावत् समस्याहरु छन् भनेर ती समस्याहरुको हल गर्ने कि नगर्ने ? अब, यसको पनि सुनुवाई हुनुपर्छ । विगत लामो समयदेखि सम्बन्धित निकायहरुसँग पर्यटनको क्षेत्रको विस्तार गर्नका लागि परामर्श चलाउँदै आएका छौँ । अब, सरकारले आफ्नो पाटोबाट काम गर्नचाहिँ जरुरत देखिन्छ ।
सम्बन्ध
अब हामीले पूरानाले के गर्यो के गरेन भन्ने भन्नु भन्दा पनि हामीले के गर्ने ? कहाँसम्म पुग्ने भन्ने सोच्नुपर्छ । विश्व सम्पदामा सूचिकृत सम्पदाहरु दरबार स्क्वायर, धरहरा, बसन्तपुर लगायत थुप्रै पुननिर्माण भइरहेको अवस्था छ । बनि सकेका छैनन् । काठमाडौंलगायत अन्य सहरी क्षेत्रमा पनि पर्यटकीय क्षेत्रहरुको सुधार गरिनुपर्छ । त्यस्तै, मूख्यतः यहाँको अर्काे समस्या फोहोरमैला अव्यवस्थित नै हो । जुन हाम्रा लागि चुनौती नै बनेको छन् । मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रको जगमा टेकिसकेको हुनाले स्थानीय, प्रदेश र संघबीचमा यीतमाम समस्या र लक्ष्यनिर्धारण हुनआवश्यक छ ।
अन्तमा…
विश्वको सर्वोच्च शिखर सगरमाथा भनेर अझैँ प्रचार गर्नु पर्दैन । सगरमाथाको परिचय विश्वभर छरिइसकेको छ । यस कारण सगरमाथा बाहेकका नयाँ हिमशृंखलाहरुको खोज गरी त्यहाँसम्म पुग्ने पदमार्गहरुको पो खोजीकार्य अघि बढाउन जरुरी छ । यद्यपि, सपना देख्नु ठूलो कुरै रहेन तर, साकार पार्नु चाहिँ मुख्य चुनौती हो । हामीले २०२० को भ्रमण वर्षभरी मनाउने छौं । एक वर्षको अवधि छ । काम थालेपछि समय आफैँ बसमा चल्न थाल्छ । हामी पनि कामलाई प्राथमिकता दिएर अघि बढ्ने हो । सपना देखेर कामै नगर्ने हो भने त हामीले चाहेको सपना कसरी विपनामा परिणत होला र ! कामै नगरी त परीक्षाफलको अपेक्षा के गर्नु ? सपनामा देखिएको कामलाई अझ सशक्त ढंगले खटिएर काम गर्यो भने अवश्य नतिजा चाहेको भन्दा अब्बल आउनेछ ।