महान विचारक अरस्तुका २२ महत्वपूर्ण भनाइहरु

कला/साहित्य

दार्शनिकहरूले प्राचीन–दर्शनको इतिहासलाई सुकरातपूर्व र सुकरात–उत्तर गरी दुई भागमा विभाजित गरेका छन् । उनीहरूले सुकरातपूर्वको युगलाई सोफिस्ट दर्शनको युग र उत्तरको युगलाई यथार्थवादी दर्शनको युग मानेका छन् । विशेषगरी यस युगमा सुकरातका शिष्य प्लेटो र उनका पनि शिष्य अरस्तु (एरिस्टोटल) जस्ता दार्शनिकहरू अगाडि आएका छन्, जसले सुकरातलाई चिनाउनेदेखि उनको दर्शनलाई विकासको शिखरमा पु¥याउने कामसमेत गरेका छन् । अरस्तुपछि झन्डै एक हजार आठ सय वर्षसम्म दार्शनिक जगतमा अन्धकार छाएको र त्यसपछि अर्कै सिराबट चिन्तनको सुरुआत भएकाले उनी प्राचीन दर्शनको अन्तिम कडीको रूपमा समेत रहेका छन् ।

ईशापूर्व ३८४ मा युनान (ग्रीस)को स्टागिरामा जन्मेका अरस्तुले १८ वर्षको उमेरमा प्लेटो एकेडेमीमा भर्ना भई दर्शनको क्षेत्रमा गहन अध्ययन गरेका थिए, जुन एकेडेमी उनका गुरु प्लेटोले आफ्ना गुरु सुकरातको मृत्युको केही समयपछि उनको विचारलाई विश्वव्यापी बनाउन स्थापना गरेका हुन् । यसो त शिक्षित परिवारमा जन्मेकाले अरस्तुले घरमै पनि उचित शिक्षा–दीक्षाको राम्रो अवसर पाएका थिए ।

१.उत्कृष्टता त्यो कला हो । जून हमीमा प्रशिक्षण र बानीदेखि आउँछ हामी त्यसैले सही कार्य गर्दैनौ किनकी हामी भित्र राम्रो अथवा उत्कृष्टता छ । वास्तवमा त्यो हामी भित्र यो कारणले छ किनकी हामीले सही काम गरेका छौ । हामी त्यो हौ जून हामी पटक पटक गर्छौ । त्यसैले उत्कृष्टता कुनै कार्य होइन अपितु त्यो एउटा बानी हो ।
२.शिक्षाको जरा तितो हुन्छ तर यसको फल सधै मिठो हुन्छ ।
३.म त्यसलाई बहादुर मान्छु जसले आफैलाई जित्न सक्छ तर त्यसलाई होइन जसले शत्रूलाई जित्दछ ।
४.साहस विना यस् संसारमा तिमीले केही पनि गर्न सक्नेछैनौ । साहसनै सफलताको कसी हो ।
५.केही पागलपनको मिश्रण बिना कोही पनि महान् विद्वान बन्न सक्दैन ।
६.असल सुरूवात आधा काम सम्पन्न गर्नु हो ।
७.हामी शान्तीसँग बस्न सकियोस् भनेर युद्ध गर्दछौ ।
८.हामी त्यँही बन्छौं जुन कुरा लगातार गर्दै रहन्छौ । त्यसैले कामले हैन, काम गर्ने बानीले हामीलाई महानताको चुचुरोमा पुर्याउछ ।
९.आशा जागा अवस्थाको सपना हो ।
१०.सबैको लागि साथी कसैको पनि साथी होइन ।
११.हाम्रा खुसीहरू हामीमै निर्भर रहेका हुन्छन् ।
१२.म त्यसलाई बहादुर मान्छु जसले आफैलाई जित्न सक्छ तर त्यसलाई होइन जसले शत्रूलाई जित्दछ ।
१३.साहस विना यस् संसारमा तिमीले केही पनि गर्न सक्नेछैनौ । साहसनै सफलताको कसी हो ।
१४.केही पागलपनको मिश्रण बिना कोही पनि महान् विद्वान बन्न सक्दैन ।
१५.असल सुरूवात आधा काम सम्पन्न गर्नु हो ।
१६.हामी शान्तीसँग बस्न सकियोस् भनेर युद्ध गर्दछौ ।
१७.एक उच्च सोच भएको व्यक्तिले अरुले के सोच्छन भन्दा पनि सत्य के हो त्यसको बरेमा सोच्नु पर्दछ ।
१८.जसले जानेको छ उसले गर्दछ, जसले बुझेको छ उसले सिकाउदछ ।
१९.साथी बन्न चाहनु छिट्टै हुने काम हो तर मित्रता भन्ने कुरा ढिलो पाक्ने फल हो ।
२०.सिक्नु केटाकेटीको खेल होइन किनकि पिडा विना सिक्न सकिदैन ।
२१.समय नै यस्तो हो जसले हरेक थोकलाई टुक्रा टुक्रा पारिदिन्छस समयकै काखमा वस्तुको उदय हुन्छ अनि समयकै अन्तरालमा त्यसको विलय पनि हुन्छ ।

२२.उही स्वतन्त्र हुनसक्छ जसले आफु भित्रको डरलाई जित्न सक्छ ।