ज्ञानेन्द्र शाह भैरहवा जाने

समाचार

पूर्वराजा ज्ञानेन्द्र शाह आगामी आइतबार प्रदेश नम्बर ५ को भ्रमणमा निस्कने भएका छन् ।

शाह निजी भ्रमणका लागि भैरहवा जान लागेका हुन्। उनी आगामी हप्ता भैरहवाको निजी भ्रमणमा जान लागेको उनको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लखे गरिएको छ। पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेव सरकार केही दिनको निजी भ्रमणको सिलसिलामा आगामी हप्ता पश्चिमको भैरहवा सवारी होइबक्सँदै छु सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

स्रोतका अनुसार भ्रमणमा पूर्वरानी कोमलको सहभागिता हुनेछैन । सो भ्रमणका क्रममा उनले विभिन्न मठ मन्दिरको भ्रमण गर्नुका साथै राजवादीहरुसँग पनि भेटवार्ता गर्ने बताइएको छ । उनी करिब २ साता त्यहाँ रहने बताइएको छ ।

बेलाबेलामा जिल्ला भ्रमणमा निस्किएर आफ्नो सक्रियता बढाउँदै आएका पूर्वराजाले विगतकै जस्तो प्रचलनलाई यसपटक पनि निरन्तरता दिएका हुन् ।