उद्योगराज्यमन्त्री दुगड भारतीय नागरिक भएको खुलासा

राजनीति समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीले धेरै नेपाली र नेकपाकै नेता तथा सांसदहरुलाई छक्क पार्दै गत बुधबार मन्त्रिमण्डल बिस्तार गरे । जसमध्ये एक जना उद्योगीलाई उद्योग वाणिज्य तथा आपूर्ती राज्यमन्त्री बनाए । ती व्यक्ति थिए दुगड ग्रुपका प्रमुख मोतीलाल दुगड । उनै राज्यमन्त्री दुगड भारतीय नागरिक भएको रहष्य सार्वजानिक भएको छ । भारतीय अखबारहरुले मोतीलाल दुगड भारतीय नागरिक भएको खबर प्रकाशन गरेका छन् । ती अखबारहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मन्त्रिपरिषद्मा भारतीय नागरिकलाई राज्यमन्त्री बनाएको दाबी गरेका छन् ।


चर्चित भारतीय अखबार थार एक्सप्रेसले थार एक्सप्रेसले नेपालमा हालै मन्त्री बनेका दुगड फतेहपुर राजस्थान निवासी भएको उल्लेख गरेको छ। सेञ्चुरी मसला उत्पादन गर्दै आएका दुगडको पोलिमर र होटल क्षेत्रमा समेत लगानी छ । उनै व्यापारी दुगडले विराटनगरमा व्यापारको सम्म्राज्य खखडा गरेको छन् । सो पत्रिकाले दुगडलाई विराटनगर प्रवासी भनेर समाचारमा उल्लेख गरेको छ ।

पत्रिका अगाडि लेख्छ कुनै पनि देशको मन्त्रीमण्डलमा आफ्नो समुदायको प्रतिनिधित्व हुनु राजस्तानको लागि गौरवको कुरा हो । दुगड तिनै पात्र हुन जो यस अघि नेपाल सद्भावना आनन्दिदेवीबाट समानुपातिक सांसद पडकाए । बीचमा ७० सालमा ‘नव नेपाल पाटी’ गठन गरेर चुनावी मैदानमा होमिए र पत्तासाफ भएपछि उनी कमरेड मोतीलाल दुगड बनेका हुन् । पार्टीलाई सहयोग गरेको,सामानुपातिकमा परेका दुगडले आफ्नो पार्टी नै एमालेमा बिलय गराएका थिए । उनी तिनै व्यक्ति हुन जस्ले केही अघि संसदको अर्थसमितिमा २ हजार भत्ताका लागि रुवावासी नै गरेका थिए ।