बजारमा खाने तेल र कुखुराको मासुको मूल्यमा मनपरी ढंगले बृद्धि, सरकारी निकाय मौन
कोरोना संकटले उपभोक्ताको क्रयशक्ति कमजोर भइरहेको बेला भान्सामा दैनिक उपभोग हुने खानेतेलको उच्च मूल्यवृद्धि भएको छ।
दसैँ तिहारजस्तो चाडपर्वमा पनि मूल्यवृद्धि नभएको खानेतेल पछिल्लो एक हप्तामा उच्च दरमा बढेपछि उपभोक्ताको भान्सा झन् महंगिने भएको हो।
...